१४ माघ २०८१

राष्ट्रिय

चीनबाट उद्धार गरिने नेपालीलाई क्वारेन्टाइनमा राख्न १ सय ९९ बेड तयार

२८ माघ, काठमाडौं । चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ । कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । मंगलबार...बाँकी अंश →


देशभर थप १३ नयाँ विमानस्थल बनाउने तयारी

काठमाडौं । सरकारले देशभर थप एक दर्जन नयाँ विमानस्थल बनाउने तयारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलसहित थप १३ विमानस्थल निर्माणको योजनामा छन् । ति विमानस्थलमध्ये कतिपयमा सम्भाब्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकनको काम समेत भइसकेको छ । आयोजनाको सूचिमा सरकारले पटक पटक अध्ययन गरेपनि...बाँकी अंश →


काठमांडूमा आयोजित हुने अन्तर्राष्ट्रिय हिंदी सम्मेलनमा भाग लिदै सगीर खाकसार

काठमाडौं: तालिमी बेदारी उत्तर प्रदेश (भारत)का अध्यक्ष्य तथा वरिष्ठ पत्रकार सगीर खाकसार १० जनवरी विश्व हिंदी दिवसको अवसरमा नेपालको राजधानी काठमाडौंमा पहिलोपटक आयोजित हुन गई रहेको अन्तर्राष्ट्रिय हिन्दी सम्मेलनमा भाग लिने छन्। सम्मेलनमा  नेपाल, भारत, अमेरिका, क्यानडा, नाइजेरिया, बेलायत , जर्मनी, मॉरिशस, ताजिकिस्तान, जापान, श्रीलंका, मालदिभ्स जस्ता मुलुकका दर्जनौं प्रतिनिधि...बाँकी अंश →


कृष्णानगरको विधायक उद्योगि वीरेन्द्र कनौडिया माथि पीडित उखु किसानहरुको ठुलो आरोप

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको नयाँरोड बजारबाट ३५ किलोमिटर दक्षिणतर्फ गोडैता नगरपालिका छ । नगरको वडा नम्बर ६ स्थित बगदहमा महालक्ष्मी चिनी उद्योग छ, जसका सञ्चालक हुन्- प्रदेश नं ५ का नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं उद्योगी वीरेन्द्र कनौडिया । उखुको पैसा माग गर्दै उखु किसान काठमाडौंसम्म पुगे ।...बाँकी अंश →


कलंकी-नागढुंगा सडकका खाल्डाखुल्डी तत्काल मन्त्री नेम्वाङको निर्देशन

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार यस खण्डको स्थलगत निरिक्षण गरेका हुन् । मन्त्री भए लगतै उपत्यकाको सडकमा रहेका खाल्डा–खुल्डी पुर्न विशेष चासो देखाएका नेम्बाङले नियमित विभिन्न सडकहरुको अनुगमन गर्दै आएका छन् । नागढुंगा सडकखण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी...बाँकी अंश →


विप्लव समूहका एक दर्जन बढी कार्यकर्ता काठमाडौंबाट पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् । आइतबार दिउँसो भृकुटीमण्डस्थित प्रदर्शनीमार्गमा सरकार विरोधी कार्यक्रम गरिरहेका बेला प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विप्लव समूहले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागेको थियो । पक्राउ परेकामाथि छानबिन भइरहेको प्रहरीले बताएको छ।बाँकी अंश →


२० लाख पर्यटक भित्र्याउने आधार बनिसक्यो : पर्यटनमन्त्री

१३ पुस, पोखरा । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको छ । भ्रमण वर्ष सुरु हुन अब २ दिनमात्रै बाँकी छ । भ्रमण वर्षको मुखमै पोखरामा हुन लागेको सडक महोत्सवमा सहभागी हुन आएका स‌ंस्‍कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले लक्ष्य पूरा...बाँकी अंश →


सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : पाण्डे

८ मंसिर, चितवन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले आइतबार चितवनमा आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उनले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए । सार्वभौमसत्ता र...बाँकी अंश →


बामदेवको दावी– पाँच वर्षमा आधारभूत समाजवाद, अर्को पाँच वर्षमा चीनसमान

८ मंसिर, काठमाडौं   नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेपालमा पाँच वर्षमा आधारभूत समाजवाद निर्माण गरेर अर्को पाँच वर्षभित्र चीनको स्थान जहाँ छ, त्यहाँसम्म पुग्ने दाबी गरेका छन् । ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा शनिबार काठमाडौंमा आयोजित कार्यशालामा गौतमले १५ देखि २० वर्षमा समृद्धिको बाटोमा जान सकिने बताए...बाँकी अंश →


हज यात्रा २०७७-२०२० कालागि आवेदन खुल्यो (१७ नवम्बर देखि १७ डिसेम्बर २०१९ सम्म)

काठमाडौं ( केयर खबर) आउँदो वर्ष हज यात्रामा जाने मुस्लिमहरुका लागि आवेदन खोलिएको छ। साउदीको मक्का मदिनामा हज गर्न जाने नेपालका मुसलमानहरुसँग आगामी १७ दिसम्बर २०१९ भित्र आवेदन माग गरिएको छ। नेपाल सरकार गृह मन्त्रालय सुचना गर्दै जिल्ला प्रशासन कार्यलयमा आवेदन दिन आह्वान गरेको छ। हज यात्रामा जान चाहनेहरुले एकप्रति...बाँकी अंश →


अठारौँ नाम सम्मेलन आज शुरु हुँदै : नेपालले नाम सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनर्पुष्टि गर्ने

बाकु, अजरबैजान, ८ कात्तिक    असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट यहाँ शुरु हुँदैछ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र...बाँकी अंश →


फोनिज सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी

कैलाली, ८ कात्तिक  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिम प्रदेशको विहीबार धनगढीमा भएको प्रथम अधिवेशनबाट अध्यक्षमा भीम चौधरी सर्वसम्मत चयन हुनुभएको छ । महासङ्घको उपाध्यक्षमा किशोर तामाङ, महिला उपाध्यक्षमा चन्द्रीका चौधरी, महासचिवमा धनबहादुर कुस्मी, सचिवमा रञ्जित लामा र सुधराम दहित तथा कोषाध्यक्षमा बलराम चौधरी चयन हुनुभएको छ । त्यस्तै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter