२३ चैत २०८१

राष्ट्रिय

प्रधानमन्त्री दाहालको दाबीः डेढ वर्षभित्र पूरै देश उज्यालो हुन्छ

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गरेका छन्। शनिबार जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौँको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले डेढ वर्षभित्र एउटा पनि घर विद्युत नपुगेको नरहने जिकिर गरे। उनले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले...बाँकी अंश →


आज नेपाल भ्रमणमा आउँदै श्रीलंकाका विदेशमन्त्रीअली साब्री

काठमाडौं- प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन्। उनले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्न परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौंमा आयोजना हुने नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका...बाँकी अंश →


कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने : डा विमला राई पौड्याल

प्रकाश सिलवाल/रासस काठमाडौँ २१ मङ्सिर : छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा विमला राई पौड्यालाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो । कानुन बनाउने त्यस बेलाको उच्च मनोबल अहिले घटिसकेको भने छैन तर आफ्ना तर्फबाट प्रयास गर्दा गर्दै जति...बाँकी अंश →


राष्ट्रियसभाको माघमा र उपनिर्वाचन वैशाखामा गर्न आयोगको परामर्श

काठमाडौँ, १५ कात्तिक : निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिलाई राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो साता र प्रतिनिधिसभा र प्रदेशसभाको एक–एक तथा...बाँकी अंश →


वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौँ, १५ कात्तिक : वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकपर्ने अनलाइन प्रणालीमा केही समस्या भएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने श्रमिकको ‘ओरेन्टेशन’...बाँकी अंश →


महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान

गण्डकी, १४ कात्तिक : नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो । अन्नपूर्ण आधार शिविरमा पुगी उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद...बाँकी अंश →


परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता

वाशिङटन डिसी, १४ कात्तिक : परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियोे । यसैगरी दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा...बाँकी अंश →


राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

भीष्मराज ओझा/रासस काठमाडौँ, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको स्वागतमा...बाँकी अंश →


इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघबाट पारित,नेपालको मत पक्षमा

काठमाडौं-संयुक्त राष्ट्रसंघले इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ। संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो। युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन। १४ देशले विपक्षमा मतदान गरेका छन्। ५४ देश भने मतदानमा सहभागी भएनन्। बैठक अमेरिकाको न्यूयोर्कमा बसेको थियो।...बाँकी अंश →


गाजाको अस्पतालमा भएको आक्रमणको एमालेबाट निन्दा

काठमाडौँ, १ कात्तिक : नेकपा (एमाले) ले गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी उपचार गराइरहेका बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएका घटनाको निन्दा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गरी रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल...बाँकी अंश →


प्रधानमन्त्री दाहालद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

काठमाडौँ, ३० असोज : सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते...बाँकी अंश →


चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँः पर्यटनमन्त्री किराती

काठमाडौँ, २८ असोज: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताउनुभएको छ । मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ज्ञापनपत्र बुझ्दै उहाँले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter