३० चैत २०८१

राष्ट्रिय

तामाकोशी आयोजना तोकिएको समयमै पूरा गर्न प्रधामन्त्रीको निर्देशन

चरिकोट, २८ चैत (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको बिगु गाउँपालिका–१ मा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज स्थलगत अनुगमन तथा निरीक्षण गर्दै कर्मचारीलाई तोकिएको समय तालिकाभन्दा एक दिन ढिलाई नगरी आयोजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले बहुचर्चित ४५६ मेगावाटको सो आयोजनाको सुरुङ मार्ग र बाँधस्थलको...बाँकी अंश →


आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको अनुमान

काठमाडौँ, २८ चैत । एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर...बाँकी अंश →


४ वर्षदेखि नक्कली सर्टिफिकेट र लाइसेन्सको कारोबार गर्ने युवक पक्राउ

२८ चैत, काठमाडौं । नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउने कारोबारमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।   महानगरीय प्रहरी अपराध महाशाखाले सर्टिफिकेट, लाइसेन्स, बैंक स्टेटमेन्ट, पुलिस रिपोर्ट, जन्मदर्ता, मृत्युदर्ताजस्ता कागजात नक्कली बनाउने सल्यान घर भइ काठमाडौं नेपालटार बस्ने बलबहादुर राउतसहित ३ जनालाई पक्राउ गरेको हो । राउतले बनाएको नक्कली...बाँकी अंश →


आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

काठमाडौँ, २७ चैत (रासस) ः मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । सौर्य ऊर्जा...बाँकी अंश →


होटल र रेस्टुरेन्टमा प्रहरीको छापा, ३९ जना पक्राउ

काठमाडौं प्रहरीले बालाजु नयाँबसपार्क क्षेत्रका होटेल, लज र रेस्टुरेन्टमा छापा मारी ३९ जनालाई पक्राउ गरेको छ ।शंकास्पद अवस्थामा उनीहरू फेला पारिएको प्रहरीले जनाएको हो । पक्राउ गरिएकामध्ये ३२ जनालाई अनुसन्धानपछि छोडिएको छ भने बाँकी चार पुरुष र तीन महिलालाई काठमाडौैं जिल्ला अदालतबाट म्याद थपसहित सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन लागिएको महानगरीय...बाँकी अंश →


मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

रत्ननगर, चितवन, २७ चैत (रासस) ः चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाँै जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम...बाँकी अंश →


‘रेलमार्ग निर्माणकालागि वर्षेनी अरबौं बजेट चाहिने’

पूर्वपश्चिम रेलमार्ग निर्माणको काम गरिरहेको रेल विभागले १० वर्षमा त्यसको निर्माण सक्नका लागि कम्तिमा वार्षिक ४० अर्ब रुपैयाँ बराबरको बजेट चाहिने जनाएको छ। ९ सय ४५ किलोमिटर लामो उक्त मार्ग निर्माणका लागि हालको सीमित बजेटबाट २५ किलोमिटरमा निर्माणको काम र बुटवल पश्चिमको क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भैरहेको...बाँकी अंश →


सरकारले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु देशकै लागि दुर्भाग्य– विजुक्छे

भक्तपुर, २६ चैत (रासस) ः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको बताउनुभएको छ । मध्यपुरथिमीको लायकूस्थित आदर्श माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले सरकारमा जाने दलकै विदेश नीतिका कारण बेलाबेलामा जनताले दुःख भोग्नुपरेको बताउनुभयो । अध्यक्ष विजुक्छेले भन्नुभयो,...बाँकी अंश →


भोजपुर साक्षर जिल्ला घोषित

जपुर, २६ चैत पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६.४३ प्रतिशत साक्षर रहेको पाइएकाले आइतबार जिल्लालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले साक्षर जिल्ला घोषणा गर्नुभएको हो । मुख्यमन्त्री राईले प्रदेश...बाँकी अंश →


नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन ः कोइराला

चितवन, २६ चैत नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनुभयो । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भन्नुभयो, “दुई वर्ष पुग्यो पदाधिकारीको...बाँकी अंश →


पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ, २५ चैत (रासस) ः पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा यही चैत २७ देखि २९ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । सोफेनले आज यहाँ...बाँकी अंश →


खुला सिमाना मित्रताको अनुपम नमूना

नयाँदिल्ली, २४ चैत (रासस) ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । भारतीय राष्ट्रपतिको कार्यालयमा आज साँझ भएको भेटवार्तामा नेपाल र भारतबीचको खुला सीमालाई व्यवस्थित बनाएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने विषयमा कुराकानी भएको हो । भेटवार्ताका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter