काठमाडौँ, ३ वैशाख (रासस): अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध आरोप पत्र दायर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठले चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि रु ७० हजार घुस लिएको अवस्थामा आयोगले निजलाई नियन्त्रणमा लिएको जनाएको छ...बाँकी अंश →
आज मिति २०७५ साल बैशाख २ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि लागि साउदी अरेवियाका राजदूत H.E. Mr. Abdulnaser H. AlHarthi ले विदाई भेट गर्नुभयो । सो अवसरमा साउदी अरेविया र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।...बाँकी अंश →
त्रिपुराकोट, डोल्पा, ३ वैशाख (रासस) ः हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा...बाँकी अंश →
मनाङको निस्यङ गाउँपालिका–१ पिसाङबाट आइतबार घ्यरुतर्फ जाँदै गरेका पर्यटक ।बाँकी अंश →
पर्सा, २ वैशाख (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताउनुभएको छ । मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग तथा सहायक राजमार्गको मर्मत पूरा...बाँकी अंश →
काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा ‘नयाँ वर्ष अफर २०७५’ सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम÷सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ड, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् । सो अफर १ वैशाख ०७५ देखि लागू भई १५ वैशाखसम्म सञ्चालन हुने टेलिकमले जनाएको छ ।...बाँकी अंश →
काठमाडौँ, २ वैशाख (रासस) ः खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो । विभागका सूचना अधिकारी कृष्णदेव झाले चालू आवमा ३३१ कम्पनी...बाँकी अंश →
म्याग्दी, १ वैशाख (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले महिला हिंसाका घटना न्यूनीकरणका लागि वर्तमान कानून संशोधन आवश्यक रहेको बताउनुभएको छ । रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवं विद्यालय पुनःनिर्माण अभियानको आज थालनी गर्दै उहाँले बलात्कारलगायत महिला हिंसाको घटनामा संलग्नलाई कडा कारबाही गर्न...बाँकी अंश →
काठमाडौँ, १ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको शुभकामना सन्देश दिँदै उहाँले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय...बाँकी अंश →
काठमाडौँ, २९ चैत: सबै सरकारी तथा संगठित संस्था र सार्वजनिक संस्थानको आर्थिक वर्ष २०७३÷७४ मा कूल बेरुजु रु पाँच खर्ब आठ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज राष्ट्रपति विद्यादेवी भडारीलाई बुझाएको प्रतिवेदनमा मन्त्रालय तथा सरकारी निकायकै बेरुजु भने रु ९४ अर्ब ८१ करोड ५४ लाख ४७ हजार पुगेको छ...बाँकी अंश →
चितवन, २९ चैत : नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । त्यस्तो...बाँकी अंश →
काठमाडौँ, २८ चैत (रासस) ः दण्डहीनताको अन्त्य र मानवाधिकारको प्रत्याभूतिमा जोड दिँदै तीनदिनदेखि यहाँ जारी मानवाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको बडापत्र, मानवाधिकारको विश्वव्यापी घोषणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको परिपालनालगायत मौलिक अधिकार संरक्षणसम्बन्धी सबै अन्तर्राष्ट्रिय विधिविधान र सम्झौताको अक्षरशः पालना हुनुपर्नेमा सम्मेलनले जोड...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: