०१ जेठ २०८२

राष्ट्रिय

संवादबाट मुस्लिम समुदायको मांग स्थापित गर्न आवश्यक: रक्षा मन्त्रि ईश्वर पोख्रेल

शमशाद आदिल केयर खबर ,काठमांडौ नेपाल धार्मिक जातीय सांस्कृतिक रूपले विविधतापुर्ण रहेकोले देशमा राष्ट्रीय बिदा र सामुदायिक बिदाको सूचीकृत हुन हरेक समुदायको मतभेद हुदै आएको छ । मुस्लिम समुदायको धार्मिक बिदाको रुपमा स्थापित रहेको ईदुल अजहा र ईदुल फ़ितरः तथा मोहम्मद जयन्तिको बिदाबारे थप ब्याख्या गरी सँवादको माध्यम बाट कानून...बाँकी अंश →


श्रममन्त्री विष्टसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौँ, ११ वैशाख (रासस) : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि चीनका राजदूत यू होङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक, कूटनीतिक, सामाजिक, सांस्कृतिक र श्रमसम्बन्धी आर्थिक सम्बन्धलगायत दुुई देशबीचको पारस्परिक सहयोगका विविध आयामहरुबारे छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री विष्टले पछिल्लो दशकमा...बाँकी अंश →


सुरक्षात्मक लकिङ प्रणली अपनाएर पेट्रोलियम पदार्थको ढुवानी

लुम्बिनी, ११ वैशाख (रासस) ः नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारीले तेल बोक्ने ट्यांकरमा आजबाट सुरक्षात्मक लकिङ प्रणली लागू गरेको छ । बीच बाटोबाट चुहावट तथा चोरी हुन नदिन भन्दै नेपाल आयाल निगमले भलबारी डिपोका लागि ट्यांकरमा सिलका साथै ताला लगाएर मात्रै पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएको हो । निगमको भलबारी...बाँकी अंश →


पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुने: दाहाल

चितवन, ११ वैशाख (रासस): नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी...बाँकी अंश →


सद्भाव भड्काउने गतिविधि सह्य हुन्नःप्रम ओली

काठमाडौँ, १० वैशाख (रासस): प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपालीबीचको सद्भाव भड्काउने कुनै पनि गतिविधि सह्य नहुने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल र नेपाली जनता एकापसमा मिलेर बसेकाले कोही कसैको पनि गलत गतिविधि क्षम्य हुँदैन...बाँकी अंश →


सिरहा युवा संजाल द्वारा छात्रवृत्ति प्रदान

सिरहा युवा संजालद्वारा अायोजना गरिएको छात्रावृत्ति कार्यक्रम-२०७५ आज बैशाख १०गते बिदद्यार्थी हरुको नामावली सार्वजनिक गरेको छ। यस कार्यक्रमले सिराहा जिल्लाको विभिन्न स्थानका ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ ।ती बिधार्थीहरुलाइ गोलबजार क्षेत्रको ख्याती प्राप्त बिधालयहरुमा सरकारी दस्तुर (आवेदन दस्तुर , रजिस्ट्रेसन दस्तुर , ) बाहेक अन्य...बाँकी अंश →


पार्टी एकता घोषणा हुनमात्रै बाँकी: मन्त्री थापा

चितवन, १० वैशाख (रासस): गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताउनुभयो । संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक...बाँकी अंश →


समृद्धिको आधार पर्यटन प्रवद्र्धन: मन्त्री बस्नेत

काठमाडौं, १० बैशाख (रासस): वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया गु्रपको चौथो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न...बाँकी अंश →


प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

काठमाडौँ, ९ वैशाख ९रासस०:  ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आज शंकास्पद वस्तु विस्फोटन भएको छ । अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ । विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् । घटनास्थलमा थप दुई शंकास्पद वस्तु...बाँकी अंश →


अन्धविश्वास/महिनावारी हुँदा छाउगोठः जनावरभन्दा देवताकै डर

जाजरकोट, ९ वैशाख (रासस) : जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् । “ममात्रै...बाँकी अंश →


६९८ आरोही हिमाल आरोहणमा

काठमाडौँ, ८ वैशाख (रासस): यस वर्षको वसन्त ऋतुमा (याम) सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । यी मध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित...बाँकी अंश →


स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र

काठमाडौँ, ८ वैशाख (रासस):  औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter