०१ जेठ २०८२

राष्ट्रिय

कपिलबस्तुमा २५ सय ६२ औं बुद्ध जयन्तिको तयारी तिब्र ।। बिभिन्न कार्यक्रम गरि अन्र्तराष्टिय बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०७५ मनाइने ।

कपिलबस्तु बैशाख ११ शान्तिका अग्रदूत गौतम बुद्धको क्रिडा स्थल कपिलबस्तुमा २५ सय ६२ औं बुद्ध जयन्तिको तयारी तिब्र पारिएको छ । भगवान गौतम बुद्धले २९ बर्षिय युवा अवस्था जिवन ब्यतित गरेको प्राचिन कपिलबस्तुलाई विश्वभर पहिचान गराउने उद्देश्यका साथ आयोजना गरिने बुद्धजयन्तीको तयारीलाई तीव्रता दिइएको हो । २५ सय ६२ औं...बाँकी अंश →


सबैलाई सन्तुलन हुने बजेट आउँछ ः अर्थमन्त्री खतिवडा

काठमाडौँ, १३ वैशाख (रासस) ः मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ । नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको आगामी २०७५÷७६ को पूर्व बजेट छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । “स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको...बाँकी अंश →


शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह

काठमाडौँ, १३ वैशाख (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बजेट बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताले पनि पहल गर्नुपर्ने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विश्वव्यापी कार्यसप्ताह २०१८ अन्तर्गत आज आयोजना गरेको “सार्वजनिक शिक्षा सुदृढीकरणका लागि राजनीतिक प्रतिबद्धता’ विषयक संवाद कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक...बाँकी अंश →


देशकै मुहार फेर्ने वाम गठबन्धनको नीति तथा योजना ः प्रचण्ड

रौतहट, १३ वैशाख (रासस) ः पूुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताउनुुभएको छ । रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले उक्त विचार राख्नुुभएको हो...बाँकी अंश →


भौगर्भिक समाजद्वारा संरचना निर्माणमा सुझाव

काठमाडौँ, १३ वैशाख (रासस) ः नेपाल भौगर्भिक समाजले भूकम्पीय जोखिमबाट बच्न जमिनको भौगर्भिक अवस्थाको परीक्षण र सोही अनुसारको संरचना निर्माण गर्न सुझाएको छ । समाजका अध्यक्ष कविराज पौडेलले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मुलुकको भौगर्भिक अवस्था, गोरखा भूकम्पपछि गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनका आधारमा गोरखा, दोलखालगायत क्षेत्रमा जोखिम कायम रहेको...बाँकी अंश →


प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने

काठमाडौँ, , १३ वैशाख (रासस) ः प्रदेश सरकारहरूले प्रदेशको बजेट ल्याउनुपूर्व एक महिनाअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले हालै जारी गरेको प्रदेश आर्थिक कार्यविधि ऐन—२०७४ को मस्यौदाको परिच्छेद ३ को दफा ९ मा यस्तो व्यवस्था गरिएको छ । प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित...बाँकी अंश →


सम्झौता कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड

काठमाडौँ, १२ वैशाख (रासस) ः भारतका लागि पूर्वराजदूत डा दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा हुने भ्रमणका अवसरमा विगतमा दुवै देशबीच भएका सन्धिसम्झौता कार्यान्वयनको चरणमा लैजानुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा सिंहले भन्नुभयो, “पञ्चेश्वर परियोजना दुवै पक्षको हितमा छ, चाँडो कार्यान्वयनमा लैजानुपर्छ, हुलाकी राजमार्ग र...बाँकी अंश →


नेपाल बैंकले साढे दुई अर्ब कमायो

काठमाडौँ, १२ वैशाख (रासस) ः नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ । बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा...बाँकी अंश →


एक महिनामा तीन दर्जन बलात्कृत

काठमाडौँ, १२ (रासस) ः महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला तथा बालिकामाथि बलात्कार भएको...बाँकी अंश →


आर्थिक वृद्धिदर ५ दशमलव ८९ हुने प्रक्षेपण

काठमाडौँ, १२ वैशाख (रासस) ः चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको हो । केन्द्रीय तथ्याँक विभागद्वारा आज यहाँ सार्वजनिक गरिएको आव २०७४÷७५ को राष्ट्रिय...बाँकी अंश →


बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले

गौशाला, १२ वैशाख (रासस) ः महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् । पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया ललिताका चार सन्तान पनि रहेका छन् तर उनले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । धनुषा जिल्लाको खरिहानी...बाँकी अंश →


धरहरा जतिसक्दो चाँडो निर्माण हुन्छ – प्रम ओली

काठमाडौँ, १२ वैशाख (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter