काठमाडौँ, २६ वैशाख (रासस) ः सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उहाँको दुःखद निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते हुनुभएका मोची गत असोज ३१ गते पहिलो...बाँकी अंश →
दार्चुला, २६ वैशाख (रासस) ः प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समृद्धिको ठू्लो आधार तिंकर...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ । नेपालको संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको सन्दर्भमा सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तह ः एक...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो मनत्री खतिवडाले संविधानप्रदत्त अधिकार नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक वृद्धि गर्नु सरकारको प्रमुख प्राथमिकतामा...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः संघीय संसद्, प्रतिनिधि सभाको आजको बैठकले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ लाई बहुमतले स्वीकृत ग¥यो । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ र ‘बेपत्ता पारिएको...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लाग्नुभएको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराउनुभयो । उहाँले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः संघीय संसद्, प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद पवित्रा निरौलाले इलाम जिल्ला रोम गाउँपालिका निवासी ७७ वर्षीय वृद्ध महिलामाथि हालै भएको बलत्कार घटनाप्रति सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बलात्कार गर्ने अपराधीमाथि कडाभन्दा कडा कारबाही गर्नसमेत माग गर्नुभयो । सांसद देवेन्द्रराज कँडेलले भारतीय...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजिआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले आज सभामुख महरासँग भेटवार्ता गरेको हो । त्यस अवसरमा सभामुख महराले नेपाल र बेलायतबीचको सम्बन्ध राजनीतिक मात्र नभई जनस्तरसम्मको...बाँकी अंश →
नगरकोट, २६ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताउनुभयो । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख(रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताउनुभएको छ । आज बिहान आफ्नै निवास खुलमलाटरमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभयो,‘‘हाम्रो मुख्य ध्येय पर्यटन...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए । आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका छन् । रोल्पा सदरमुकाम लिवाङमा भेटिएका उनले भने, “मेरो बाबालाई अपहरण गरी बेपत्ता पारियो, पछि उहाँलाई मारियो भन्ने छ, उहाँको...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु एक लाख पुरस्कारको घोषणा गरेको छ । मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा सोही प्रतियोगितामा संयोजक विमल परियारले दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार र रु २५...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: