१३ फागुन २०८१

राष्ट्रिय

काँगे्रसले विषयगत समितिमार्फत धारणा व्यक्त गर्ने

काठमाडौँ, २ जेठ (रासस) ः नेपाली काँग्रेसले नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा विषयगत समिति गठन गरी पार्टीको ठोस धारणा व्यक्त गर्ने भएको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारद्वारा चालु संसद अधिवेशनमा प्रस्तुत गरिने बजेट र नीतिका सम्बन्धमा विषयगत समितिमार्फत छलफल गर्ने निर्णय गरेको हो । बैठकले...बाँकी अंश →


सडक र ट्राफिक व्यवस्थापनका निर्णय कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २ जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा गृह सचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ, ललितपुर महानगरपालिका प्रमुख, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकमा...बाँकी अंश →


पार्टी एकता निर्णायक मोडमा

काठमाडौँ, २ जेठ (रासस) ः नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया निर्णायक बिन्दुमा पुगेको ठहर गरेको छ र चाँडै मिति घोषणाका लागि पार्टी एकता संयोजन समितिको बैठकलाई पर्खिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान केन्द्रका अध्यक्ष...बाँकी अंश →


मुलुकको परराष्ट्र नीति अपरिपक्व– नेता भट्टराई

दमौली, तनहुँ २ जेठ (रासस) पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकामा आज आयोजित अन्तत्र्रिmयामा डा. भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा परराष्ट्र नीति अपरिपक्वका कारण धेरै विदेशी चलखेल बढेको बताउनुभयो । “आन्तरिक मामिलामा सबै...बाँकी अंश →


प्रगतिशील भारतीय लेखक नेपालमा

काठमाडौँ, २ जेठ (रासस)ः राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले आज प्रेस काउन्सिल नेपालको कार्यालयको अवलोकन भ्र्रमण ग¥यो । भ्रमणका अवसरमा काउन्सिलद्वारा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले आपसी सहकार्यबाट नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो । संघका...बाँकी अंश →


एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा

सल्लेरी, सोलुखुम्बु, २ जेठ (रासस) ः सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण...बाँकी अंश →


‘पूरा काम, पूरा दामको व्यवस्था होस्’

काठमाडौँ, २ जेठ (रासस)ः नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनका कर्मचारीले तलब बढाउनुपर्ने माग गरेका छन् । एशोसिएशनका कर्मचारीले आज सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग भेट गरी आफूहरुको तलब स्केल अत्यन्त कम भएको भन्दै खरिदारसरह बनाउनुपर्ने माग गरेका हुन् । एशोसिएशनका कर्मचारीले राज्यमन्त्री बाँस्कोटासमक्ष कार्यालय कोठाको व्यवस्था गरिनुपर्ने, कार्यालय...बाँकी अंश →


‘सरकारले मातृभाषाका पत्रिकालाई लोककल्याणकारी विज्ञापन देओस्’

काठमाडौँ, २ जेठ (रासस) ः मातृभाषा पत्रकारिताको विकासमा राज्यको सहयोगी भूमिका अपेक्षित रहेको सरोकारवालाहरुले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संयोजनमा आज यहाँ आयोजित ‘मातृभाषा पत्रकारिता सम्मेलन’ मा वक्ताहरुबाट मुलुकभित्र प्रचलित विभिन्न मातृभाषाको उन्नयनका लागि मातृभाषा पत्रकारिता आवश्यक रहेको र यसको प्रवद्र्धनका...बाँकी अंश →


सरकारको सय दिन: समृद्धि र सुशासनको आधार तय

काठमाडौँ, २ जेठ (रासस)  स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ । निर्वाचनमा वाम गठबन्धनले स्थायित्व, समृद्धि र सुशासनका लागि गरेको प्रतिबद्धतालाई विश्वास गरी जनताले सुविधाजनक मत दिएपछि नेकपा (माओवादी केन्द्र) को समर्थनमा नेकपा (एमाले) का...बाँकी अंश →


स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग

काठमाडौँ, २ जेठ (रासस)  निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले रोकेको अवकाश प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको हो । अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश व्यवस्था वर्तमान सरकारले...बाँकी अंश →


विधेयक प्रस्तुत

काठमाडौँ, २ जेठ (रासस) प्रतिनिधिसभामा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत गरिएको छ । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङले उक्त विधेयक सदनसमक्ष पेश गर्नुभएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते शुक्रबार दिनको १ बजे बस्नेछ । –––बाँकी अंश →


लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य

खजुरा, बाँके, १ जेठ (रासस) ः नेपालका लागि अमेरिकी राजदूत अलाइना वि टेप्लिजले सुक्ष्म लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य भएको बताउनुभएको छ । अमेरिकी राजदूतावासको आयोजनामा आज नेपालगन्जमा भएको गोलमेच छलफलमा उहाँले भन्नुभयो, “पारस्परिक जवाफदेहीता स्थापना गर्न तथा सरकार र नागरिक सामाजबीच विश्वासको वातावरण निमार्ण गर्न खुल्ला सरकार सहकार्य...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter