काठमाडौँ, ११ जेठ (रासस)ः राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । “बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ”, उहाँले रासससँग भन्नुभयो, “अहिले बुबाको स्वास्थ्य राम्रो छ ।” छोरी अधिकारीका...बाँकी अंश →
चितवन, ११ जेठ (रासस) कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी र मष्तिस्कमा समझदारी भन्ने भनाइ मेलमिलापमा अति सान्दर्भिक रहेकाले यही कुरालाई हृदयंगम गरी काम गर्न आग्रह गर्नुभएको छ । सर्वाेच्च अदालत मेलमिलाप समितिद्वारा आज यहाँ आयोजित ‘मेलमिलापको सफलतामा सरोकारवालाको भूमिका’विषयको छलफल कार्यक्रममा उहाँले मेलमिलापको सफलता पक्ष, कानुन व्यवसायी,...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ । नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा आज स्थानीय प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिशनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाउनुभयो ।...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षपछि बाध्यताले रोजगारीमा नेपाली विदेश जान नपर्ने तरीकाले काम भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेण्टर नेपाल रासस शाखाद्वारा संयुक्त रुपमा आयोजित प्रेस चौतारी नेपाल, रासस शाखाको पुरस्कार वितरण र सम्मान गर्दै तथा श्याम रिमालको कम्पकाव्य...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ । नेपालका आफ्नै प्रविधिको...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदले सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन जोड दिनुभएको छ । जेठ ७ गते संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमका सन्दर्भमा सांसदहरुले उक्त धारणा राख्नुभएको हो । उहाँहरुले नीति तथा कार्यक्रम शब्दमा...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति ः काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताए...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराउनुभयो । सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा उहाँले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराउनुभएको हो । सभामुख महराले संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) सरकारले गैरसरकारी संस्थालाई नियन्त्रण नभई कडाइका साथ नियमन गर्नुपर्ने सहभागीले बताउनुभएको छ । आज असल शासन फाउण्डेशनले यहाँ ‘नेपालमा गैरसरकारी संस्थासम्बन्धी कानूनी संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले संस्थाले विकासका क्षेत्रमा काम गरेको उल्लेख गर्दै नियन्त्रणको सट्टा नियमन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ । दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ । यहाँ...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका...बाँकी अंश →
काठमाडौँ, १० जेठ ९रासस० ः राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषयलाई आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइने बजेटमा समेट्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सदस्यले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा त्यस्तो आग्रह गर्नुभएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: