१४ माघ २०८१

राष्ट्रिय

राष्ट्रपति भण्डारी गणतन्त्र दिवस समारोहमा

काठमाडौँ, १५ जेठ (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा...बाँकी अंश →


गणतन्त्रलाई मजबूत बनाउने जिम्मेवारी अब युवाको काँधमा

आर के ढकाल

Carekhabar.com आर के ढकाल ब्यबस्था त फेरियो तर जनताको अवस्था फेरिएन।दशकौ पछि गणतन्त्र त आयो तर नामको मात्रै कागजि गणतन्त्र।राजा हटे तर छोटे माहाराजहरुको उदय भयो।मन्त्रिपरिषदको बैठकमा राजदुत उपस्थित हुने परिपाटि बाट झन पुरै सिंहदरवार लैनचौरमा डेरा सर्दै शासनसत्ता लैनचौरबाटै सन्चालन हुने स्थिति बन्यो जुन नेपालराष्ट्र र नेपालि जनतालाई किमार्थ...बाँकी अंश →


पृतनापति बैठकःसांगठनिक सुदृढीकरणमा ध्यान दिन निर्देशन

काठमाडौँ, १४ जेठ (रासस) ः नेपाली सेनाको जंगी अड्डामा शुरु भएको दुईदिने ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ आज सम्पन्न भएको छ । बैठकमा समसामयिक वस्तुस्थितिको पुनरवलोकन तथा मूल्यांकनसमेत भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बैठकका क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य...बाँकी अंश →


नेकपाः दल दर्ता गर्न आवश्यक कागजात आयोगमा

काठमाडाँै, १४ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दल दर्ता गर्न आवश्यक हस्ताक्षरसहितको कागजात आज निर्वाचन आयोगमा बुझाएको छ । नेकपाका नेता सुवास नेम्वाङको नेतृत्वमा आज निर्वाचन आयोगमा गएको टोलीले दल दर्ता गर्न आवश्यक दलका सदस्यको हस्ताक्षर र कागजात बुझाएको हो । नेता नेम्वाङले रासससँग कुरा गर्दै दल दर्ता...बाँकी अंश →


सगरमाथा दिवसः जलवायु परिवर्तनबाट हिमाली क्षेत्रलाई जोगाउने चुनौती

काठमाडौँ, १४ जेठ (रासस) ः विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको ६५ वर्ष पुगेको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम...बाँकी अंश →


मंगलबार बजेट प्रस्तुत हुँदै

काठमाडौँ, १४ जेठ (रासस) ः सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।...बाँकी अंश →


गरीबी निवारण कोषबाट १० लाख घरधुरी लाभान्वित

काठमाडौँ, १४ जेठ (रासस) ः गरीबी निवारण कोषले हालसम्म ४० जिल्लामा सञ्चालन गरेका विभिन्न व्यावसायिक कार्यक्रमबाट नौ लाख ८४ हजार ४२१ घरधुरी लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणमा ३१ पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी ४२५ सहकारी गठन गरिएको उल्लेख छ । गरीब तथा बेरोजगार युवालाई...बाँकी अंश →


जनतालाई झण्झट नदिनुस्– कृषिमन्त्री खनाल

काठमाडौँ, १४ जेठ (रासस) ः कृषि, भूमि व्यवस्थापन र सहकारीमन्त्री चक्रपाणि खनालले भूमि प्रशासनका सेवा प्रदान गर्ने सन्दर्भमा जनतालाई झण्झट दिने र अल्मल्याउने काम नगर्न निर्देशन दिनुभएको छ । नापी विभागको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो, “नापी र मालपोतका विषयमा आउने गुनासोलाई न्यूनीकरणका लागि सीप...बाँकी अंश →


उपेन्द्र यादवको सरकारमा सहभागिता र समावेशी सरकारको आभाष

शमशाद आदिल प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संविधान संशोधन र सरकारमा सहभागिताबारे सहमति गरी संघीय सरकारमा सहभागी हुने भएछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच आज जेष्ठ...बाँकी अंश →


गणतन्त्र घोषणाका १३ वर्ष ः निराशजनक विगत, आशावादी भविष्य

काठमाडौँ, १४ जेठ (रासस) ः लामो राजनीतिक संक्रमणका कारण संघीय गणतन्त्र नेपाल घोषणा भएको १३ वर्ष लाग्दासमेत मुलुकको अर्थतन्त्रले अपेक्षाकृत गति लिन सकेको छैन । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक स्थिरता कायम भएपछि शिशु गणतन्त्रमा आर्थिक विकास र जनअपेक्षाले साकार रुप पाउने विश्वास बढेर गएको छ ।...बाँकी अंश →


‘माक्र्सवाद र समाजवाद’ विषयमा अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, १४ जेठ (रासस) ः विश्व सर्वहारा वर्गका नेता कालमाक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल)ले यही जेठ १६ र १७ गते नेपालमा ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतापछि विश्वका अन्य कम्युनिष्ट पार्टीहरुलाई नेपालको शक्तिशाली कम्युनिष्ट...बाँकी अंश →


सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइन्छ ः राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ, १४ जेठ (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभाग र सामुदायिक रेडियो प्रसारण संघले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले १८ वर्षदेखि देशमा सञ्चालित सामुदायिक रेडियोको अनुभवबाट सिकेर समुदाय र सिंगो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter