२३ फागुन २०८१

राष्ट्रिय

शान्ति सुरक्षा सकारात्मक दिशामा ः गृहमन्त्री थापा

काठमाडौँ, २७ जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई प्रभावकारी...बाँकी अंश →


राजपा पनि सरकारमा जान इच्छुक ः संयोजक ठाकुर

महेन्द्रनगर, धनुषा, २७ जेठ (रासस) ः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताउनुभएको छ । उहाँले सरकारमै जान पार्टी बनेको भन्नुहुँदै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताउनुभयो । राजनीतिक समितिको बैठक टारेर जनकपुर आउनुभएका संयोजक ठाकुरले विमानस्थलमा आज...बाँकी अंश →


संघीय फोरम र राजपालाई राष्ट्रिय दलको सुविधा

काठमाडौँ, २७ जेठ (रासस) ः संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् । राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो । यी दुवै दलका दुई÷दुईजना...बाँकी अंश →


सुशासन र स्थिरताका लागि कम्युनिष्ट पार्टीहरु एक भएको अध्यक्ष दाहालको भनाइ

विराटनगर, २७ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताउनुभएको छ । उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा...बाँकी अंश →


अब नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार

काठमाडौँ, २७ जेठ (रासस) ः सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले प्रहरी...बाँकी अंश →


विनियोजन विधेयकका शीर्षकमा छलफल स्थगित

काठमाडौँ, २७ जेठ (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक—२०७५ को विभिन्न मन्त्रालयका विविध शीर्षकको छलफल स्थगित भएको छ । छलफलका लागि आवश्यक तयारी पूरा नभएको भन्दै सभामुख कृष्णबहादुर महराले आजको बैठकका लागि राखिएको विषयसूचीमा रहेका सम्पूर्ण विषय हटाउनुभएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि...बाँकी अंश →


विशेष समयमा जनचासोका मुद्दा उठाउँदै सांसद

काठमाडौँ, २७ जेठ (रासस) ः सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै विशेष समय लिँदै उहाँहरुले सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसालले संवैधानिक सर्वोच्चतालाई...बाँकी अंश →


विनियोजन विधेयकका शीर्षकमा छलफल शुरु

काठमाडौँ, २७ जेठ (रासस) ः संघीय संसद्को प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल आजदेखि शुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न...बाँकी अंश →


सेवा प्रवाहलाई कमजोर नबनाउन मन्त्री पण्डितको निर्देशन

बुटवल, २६ जेठ (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि बहानामा विकास निर्माण र सेवा प्रवाहलाई कमजोर नबनाउन तीनै तहका कर्मचारीलाई निर्देशन दिनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतको संयुक्त आयोजनामा आज बुटवलमा...बाँकी अंश →


व्यापारीको समस्या समाधान गर्न अग्रसर ः प्रधानमन्त्री ओली

विराटनगर, २६ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा, ओलीले उद्योगी व्यवसायीको समस्या समाधान गर्न नीतिगत र प्रशासनिक अप्ठ्यारा हटाउन सरकार अग्रसर रहने बताउनुभएको छ । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आज संयुक्तरुपमा विराटनगरमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “व्यापारीहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रशासनिक झन्झट, नीतिगत...बाँकी अंश →


अनेरास्ववियु (क्रान्तिकारी) को सम्मेलन भदौमा

काठमाडौँ २६ जेठ (रासस) ः गोपाल किराँती निकट नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन भदौमा हुने भएको छ । आज क्रान्तिकारीको २२आँै राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले आगामी भदौ १ र २ गते काठमाडौँमा गर्ने निर्णय गरेको सम्मेलन आयोजक समितिका संयोजक आलोक रायमाझीले जानकारी दिनुभयो...बाँकी अंश →


सत्तारुढ दलकै अध्यक्ष अस्थिरता निम्त्याउँदै ः नेता पौडेल

काठमाडौँ, २६ जेठ (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षमा भएपनि देशमा स्थिरता, शान्ति र समृद्धि चाहेको बताउनुभएको छ । भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्राध्यापक पीताम्बर शर्मा दाहालको ‘मेरो रिमरिमे सम्झना’ जीवनीमूलक चम्पूकाव्य कृतिको विमोचन गर्नुहुँदै उहाँले सत्तामा भएपनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter