२२ फागुन २०८१

राष्ट्रिय

खानेपानी महसुल निर्धारण आयोग हात्तीको देखाउने दाँत

काठमाडौँ, २९ जेठ (रासस) ः देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए÷नभएको अनुगमन गर्ने खानेपानी महसुल निर्धारण आयोग स्थापनाको ११ वर्षसम्म हात्तीको देखाउने दाँत मात्र बनेको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका क्रममा दाताले खानेपानीको गुणस्तर र सेवाको अनुगमन एवं महसुल निर्धारणका लागि छुट्टै निकाय हुनुपर्ने शर्त राखेपछि सरकारले २०६३...बाँकी अंश →


कार्यकारी राष्ट्रपति नेता दाहाल को कार्यसूची बाट खारिज

चितवन, २९ जेठ (रासस)ः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद दाहालले भन्नुभयो, “जनमुखी...बाँकी अंश →


भानुजयन्तीमा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने

काठमाडौँ, २९ जेठ(रासस)ः दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ । आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने...बाँकी अंश →


रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २९ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । महासंघका कार्यबहाक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा आज...बाँकी अंश →


खेलबाट देशलाई चिनाउन सकिन्छ ः उपाध्यक्ष ढकाल

काठमाडौँ, २९ जेठ (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सोमबार भएको ‘नेता÷कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ मा उहाँले खेलाडीको कडा परिश्रम र कौशलताका कारण उनीहरुले जित्ने खेलबाट...बाँकी अंश →


क्याटरिङ व्यवसायीको महाधिवेशन भोलि

काठमाडौँ, २९ जेठ ९रासस० ः नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशन ९दोस्रो साधरणसभा० भोलि जेठ ३० गते काठमाडौँमा हुने भएको छ । उक्त महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्याका बारे छलफल तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा समेत छलफल गरिने छ । सोमबार...बाँकी अंश →


पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ, २९ (रासस) ः स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो अन्तर्राष्ट्रियस्तरको ‘स्केट फेस्टिबल जात्रा’ (पाल्पा संस्करण) आयोजना हुने भएको छ । आगामी असार ५, ६ र ७ गते प्रदेश नं ५ अन्तर्गत पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारको टुँडिखेल मैदानमा हुने फेस्टिबलमा माल्दिभ्स र भारतलगायतका मुलुकबाट स्केट खेलाडीले...बाँकी अंश →


मुग्लिङ सडकमा सात ठाउँमा पहिरो

चितवन, २९ जेठ (रासस) ः सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको...बाँकी अंश →


बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो

वीरगञ्ज, २९ जेठ (रासस) ः बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद...बाँकी अंश →


समृद्धि नै एक मात्र अभीष्ट हो ः अध्यक्ष दाहाल

र्दिवास, २८ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताउनुभएको छ । नेकपा महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताउनुभयो ।...बाँकी अंश →


यथास्थितिमा काँग्रेस अगाडि बढ्न सक्दैनः काँग्रेस नेता

काठमाडौँ, २८ जेठ (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै काँग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ काठमाडौँले आज आयोजना गरेको ‘अबको काँग्रेस र युवा विद्यार्थीको भूमिका’ विषयको विचार गोष्ठीमा उहाँले भन्नुभयो, “१३ औँ महाधिवेशनको परिणाम अहिले भोगिरहेका छौँ...बाँकी अंश →


जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध ः प्रधानमन्त्री

काठमाडौँ, २८ जेठ ९रासस० ः प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ ।” आफ्ना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter