काठमाडौँ, ९ असार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन...बाँकी अंश →
काठमाडौँ, ९ असार (रासस) ः मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन शुरु भएको १५ दिन बितिसक्दा पनि कमजोर मनसुनका कारण पर्याप्त वर्षा हुन सकेको छैन । सामान्यत नेपालमा (१० जुन) बाट मनसुन प्रवेश गर्ने गरेको छ । यो वर्ष ८ जुन (जेठ २५) देखि...बाँकी अंश →
बनेपा, ९ असार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार जनताको समस्याबाट विमुख नभएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–८, मल्पिमा आयोजित शहीद पार्क उद्घाटन कार्यक्रममा उहाँले इतिहासको निर्माण गर्ने सन्दर्भमा कसै न कसैले जनताको इतिहास निर्माण गर्ने र यस्तो कार्यको संस्थागत विकासको कोशेढुंगाको रुपमा सगुन ताम्राकारको नाममा...बाँकी अंश →
काठमाडौँ, ९ असार कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र चिन्ता व्यक्त भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार राजधानीमा आयोजित कृषि वैज्ञानिकको राष्ट्रिय भेलामा जल, जमीन र जनशक्ति पर्याप्त भए पनि कृषिको परनिर्भरता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नजिकै रहनुभएका कृषिराज्यमन्त्री रामकुमारी चौधरीले उपराष्ट्रपति नन्दबहादुर पुनको विचार ध्यानपूर्वक...बाँकी अंश →
विशेष प्रतिनिधि हरि लामिछाने ल्हासा, ९ असार (रासस) ः चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली उहाँको सम्मानमा नेपाली महावाणिज्यदूतावास ल्हासाले आज यहाँ आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभयो । नेपाली वाणिज्यदूत गोविन्दबहादुर कार्कीले आयोजना गर्नुभएको सो रात्रिभोजमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल र ल्हासामा रहेका नेपालीको समेत सहभागिता थियो । रात्रिभोजमा प्रधानमन्त्री...बाँकी अंश →
काठमाडौँ, ८ असार (रासस) ः बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ । बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति...बाँकी अंश →
ल्हासा, चीन, ८ असार (रासस) ः चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच आज भेटवार्ता भएको छ । नेपाली प्रतिनिमण्डल र तिब्बत सरकारका अध्यक्षबीच इन्टरकन्टिनेन्टल कन्फेरेन्स सेन्टरमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष एवं ऐतिहासिक रहेको...बाँकी अंश →
काठमाडौँ, ८ असार (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विगतमा दुई देशबीचमा भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गर्न गरिएको प्रतिबद्धताको स्वागत गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालयमा आज बसेको पदाधिकारी बैठकले पारवाहन, व्यापार, रेल, बिजुली, पर्यटन र पूर्वाधारसम्बन्धी सम्झौतालाई अगाडि बढाउने...बाँकी अंश →
काठमाडाँै, ८ असार (रासस) ः प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा जथाभावी अशिष्ट र भ्रामक सामग्री नराख्न सञ्चारकर्मीलाई आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाले आज प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी...बाँकी अंश →
हेटौँडा, ८ असार (रासस) ः नेपाली काँग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने संकल्प गरेको छ । मकवानपुरको हेटाँैडामा काँग्रेसका जिल्ला सभापतिहरुको चार दिनसम्म भएको राष्ट्रिय भेलाले आज हेटौँडा घोषणापत्र जारी गर्दै पार्टी विधानसम्बन्धी सुझावलाई ध्यानमा राखी आगामी भदौमा...बाँकी अंश →
काठमाडौँ ८ असार (रासस) ः चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी भएका छन् । ‘गोरखा भूकम्प’पछि बन्द भएको सो नाका खुलाउने र मितेरी पूल निर्माण गर्ने विषयमा सहमति भएको जानकारी पाएपछि उनीहरु...बाँकी अंश →
काठमाडौँ, ८ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको तर्फबाट श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृति दिएको हो । उक्त...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: