२२ फागुन २०८१

राष्ट्रिय

जनसंख्यामा आधारित अर्वुदरोगी दर्ता हँुदै

काठमाडौँ, १७ असार (रासस)ः नेपालमा जनसंख्यामा आधारित अर्वुदरोगीको दर्ता नहुँदा हालसम्म यकिन तथ्यांक छैन । लामो समयदेखि जनसंख्यामा आधारित सर्वेक्षण गर्ने विषयमा कुरा उठे पनि छ महिनाअघि मात्र दर्ता शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद््ले अर्वुदरोग नीति तर्जुमा गर्न आवश्यक तथ्यांक, रोगको रोकथाम र...बाँकी अंश →


बाघ संरक्षणका लागि चासो

गुलरिया, बर्दिया, १७ असार (रासस) ः बाघ संरक्षणका लागि सरोकारबालाले चिन्त व्यक्त गरेका छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको हो । निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ देशमा छ...बाँकी अंश →


राष्ट्रियसभा स्थगित

काठमाडौँ, १७ असार (रासस) ः राष्ट्रियसभाको बैठक विशेष कारणवश आज साँझ ५ बजेसम्मका लागि स्थगन भएको छ । आज अपराह्न १ बजे बैठक बस्ने पूर्व निर्धारित कार्यसूची थियो । चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुन सकेन प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत हुन सकेन । सरकार र प्रमुख...बाँकी अंश →


प्रदेश नं ७ मा सुक्खावनदरगाह ः शुरुवातमै सशंकित

शेरबहादुर सिंह भीमदत्तनगर, १७ असार (रासस) ः नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्चनभोजको नर्सरीमा गत बिहीबार बाक्लो सुरक्षा घेरामा स्थानीयवासी मलिनअनुसार गरेर आगन्तुकको पर्खाइमा थिए । उद्योग, वाणिज्य तथा आँपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव पूर्व वाणिज्य मन्त्री लेखराज भट्टसहितको टोली कञ्चनभोजको स्थलगत निरीक्षणमा आउनेभएपछि नर्सरीमा ‘सुक्खाबन्दरगाह चाहिँदैन, बस्ती बिगार्न...बाँकी अंश →


स्वास्थ्य चौकीलाई जग्गा र भवन सहयोग

बाबियाचौर, म्याग्दी, १७ असार (रासस) ः बेनी नगरपालिका–१० स्थित पात्लेखेत स्वास्थ्य चौकीलाई स्थानीय एक परिवारले करीब रु दुई करोड बराबरको भवन र जग्गा उपलब्ध गराउनुभएको छ । स्थानीय राधाकृष्ण पराजुलीले दिवंगत बुबा रघुनाथ र आमा भद्रकलीको स्मृतिमा आठ कोठे भवन र पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । पराजुली...बाँकी अंश →


पर्वतकै ठूलो खानेपानी योजनाको ४० प्रतिशत काम सम्पन्न

फलेवास, पर्वत, १७ असार (रासस) ः उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा जिल्लामै पहिलोपटक निर्माण हुन लागेको सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत पर्वत बेनीमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गत...बाँकी अंश →


अबको बाटो समृद्धि ः मुख्यमन्त्री राई

इटहरी, १७ असार (रासस) । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताउनुभएको छ । मुख्यमन्त्री राईले एक निजी टेलिभिजन एभिन्यूजले शनिबार इटहरीमा आयोजना गरेको स्थापनाको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित बहस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा...बाँकी अंश →


सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ, १५ असार (रासस) ः मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने...बाँकी अंश →


टेलिकमले आफूलाई जोगाउनका लागि कठोर नीति लिन आवश्यक छःसूचनामन्त्री

इटहरी, १५ असार (रासस) ः सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले सेवाग्राहीको विश्वास जितेर उपभोक्ता बजारमा आफूलाई खरो उतार्नुपर्ने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले आज इटहरीस्थित नेपाल टेलिकम कार्यालयको स्थलगत निरीक्षण गर्दै नेपालमा कुनै बेला ज्यादै उन्नतिको शिखरमा पुगेर धराशायी बनेका टिम्बर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग,...बाँकी अंश →


पार्टीमा सबै एक हुनुको विकल्प छैन ः सभापति देउवा

भक्तपुर, १५ असार (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा आज बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“आगामी दिनमा सबै एक...बाँकी अंश →


दोषी उम्कन पाउँदैन, कारबाही हुन्छ– शिक्षामन्त्री

भक्तपुर, १५ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताउनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कसैलाई पनि माफी दिइने छैन् ।” एसइई परीक्षाको नतिजा प्रकाशनमा भएको...बाँकी अंश →


पारिवारिक लगत निर्माण कार्यक्रम सञ्चालन हुने

काठमाडौँ, १५ असार (रासस) ः नेपालमा परिवारको वास्तविक संख्या यकिन गर्नका लागि ‘पारिवारिक लगत निर्माण’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्व बैंकको सहयोगमा केन्द्रीय पञ्जीकरण विभागले देशभरिका परिवारको वास्तविक संख्या राख्नका लागि पारिवारिक लगत निर्माण संकलन गर्न थालेको हो । विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले चाँडै नै पारिवारिक लगत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter