२२ फागुन २०८१

राष्ट्रिय

मुस्ताङको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत

बागलुङ :  मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ । मृृृृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश रोका, २८ वर्षीय सुपमान रोका, २१ वर्षीया जीतमाया घर्ती, ३२ वर्षीय शोन्तु घर्ती, २० वर्षीया सिर्जना मगर, २३ वर्षीय राष्ट्रे रोका...बाँकी अंश →


शेयर बजार ः अर्ब बढीको कारोबार

काठमाडौँ, २३ असार (रासस) ः धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८...बाँकी अंश →


Government serious to reform health sector: Minister of State Aryal

Waling, Syangja, July 7 (RSS): Minister of State for Health and Population, Padma Kumari Aryal, has admitted that the government has realised hard times facing people to get medical/health care facilities. Speaking at a press meet here today, the Minister of State said a shortage of human resources mainly in...बाँकी अंश →


बाढी नियन्त्रणमा प्रभावकारी “प्रकोपाइन” प्रविधि

विराटनगर, २३ असार (रासस) ः मोरङ जिल्ला भएर बग्ने विभिन्न नदीमा आउने बाढीबाट जमीनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाइने यो प्रविधि मोरङमा प्रभावकारी बन्दै गएको छ । बाँस, बाँसको कर्च, र घाँस, पराल, भुुसको प्रयोग...बाँकी अंश →


सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन ः सांसद प्रधान

काठमाडौँ, २३ असार (रासस)ः काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताउनुभएको छ । आज क्षेत्र नं ६ वडा तोर्केश्वर नगरपालिका–९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहनुभएका नेपाली काँगे्रसका नेता प्रधानले अहिलेको सरकार मिलेर भन्दा दमन गरेर अघि बढिरहेको आरोप...बाँकी अंश →


राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण

नेपालगञ्ज, २३ असार (रासस)ः नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । त्यसै क्रममा अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको...बाँकी अंश →


अपराध नियन्त्रण भए सुशासन र समृद्धि हुने– गृहमन्त्री थापा

काठमाडौँ, २२ असार (रासस) ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम प्रदेश सम्मेलन’ शुभारम्भ गर्दै उहाँले अपराध नियन्त्रण गर्न सके विकास र...बाँकी अंश →


मुखियालाई राष्ट्रपति कृषक पुरस्कार

महेन्द्रनगर, धनुषा, २२ (रासस) ः माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका धनुषाका बौएलाल मुखिया राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । कृषिमन्त्री चक्रपाणि खनालले मुखियालाई बुधबार उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गर्नुभएको हो । पुरस्कारको राशी रु एक लाख रहेको छ । बौएलालले माछापालनबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दैआउनुभएको छ ।...बाँकी अंश →


प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौँ, २२ असार (रासस) ः प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो । संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली...बाँकी अंश →


राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थागित

काठमाडौँ, २२ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । छलफलमा भाग लिँदै सांसद...बाँकी अंश →


इटहरीको बजेट रु एक अर्ब ५० करोड

इटहरी, २२ असार (रासस) ः इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी...बाँकी अंश →


पाँच एआइजीद्वारा राजीनामा

काठमाडौँ, २१ असार (रासस) ः सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले आज राजीनामा दिएका छन् । राजीनामा दिइनेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले रहेको गृहमन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाउनुभएको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter