११ माघ २०८१

राष्ट्रिय

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए सात बुँदे सुझाव

प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात बुँदामा आफ्ना कुरा राखेका छन्। उनले कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरेका छन्। कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू...बाँकी अंश →


हामीले २५ जनाभन्दा बढी भेला नहुनु भन्यौं, हाम्रा साथीहरूले ४५० जनाको केन्द्रीय कमिटी बैठक मागे: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोनाभाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन्। उनले आफ्नै पार्टीका नेताहरू मुलुकको संकटप्रति लापरबाह, जनताप्रति उदासिन हुँदै...बाँकी अंश →


लकडाउन बारे विज्ञ र विपक्षी दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने/नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्। कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले उनीहरूसँग छलफल गरेका हुन्। अहिले पनि बालुवाटारमा छलफल जारी छ। छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता...बाँकी अंश →


भदौ १ बाट सुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपालका दुईसहित १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौँ– बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन्। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन्। नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव...बाँकी अंश →


पौडेलले देउवालाई बुझाए असन्तुष्टि पत्र, देउवाले भने- आफ्नै खुट्टामा बन्चरो हान्ने काम नगर्नुस्

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको छ। बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार सभापति शेरबहादुर देउवालाई पार्टी कार्यालय सानेपामा भेटेर ‘मनलाग्दी नगर्न’ लिखित पत्र बुझाएका छन्। महाधिवेशन आउन सात महिना बाँकी छँदा सभापति देउवाले विभाग र समितिमा मनोनयन जारी राखेपछि पौडेल पक्ष असन्तुष्ट छ। पौडेल र महामन्त्री शशांक कोइरालाको हस्ताक्षरसहितको...बाँकी अंश →


काठमाडौं प्रवेशमा साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म रोक

गृहमन्त्रालयले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ। बिहीबार एक विज्ञप्ति जारी गरेर गृहमन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो। मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार (साउन १५) देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण...बाँकी अंश →


कमजोर बन्दै छ ओली प्रधानमन्त्रीमा टिकिरहने आधार

काठमाडौँ– केपी शर्मा ओली प्रधानमन्त्री पदमा टिकिरहने सम्भावना कमजोर बन्दै गएको छ। पहिलो नेकपाकै समर्थन प्रधानमन्त्रीमा निरन्तर रहने, त्यो सम्भावना नभए दोस्रो विकल्पका रुपमा दल फुटाएर भने पनि कांग्रेससँग मिलेर सरकार टिकाउने दुवै सम्भावना कमजोर बन्दै गएको हो। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले...बाँकी अंश →


प्रधानमन्त्री या अध्यक्ष कुन रोज्ने, उहाँकै कुरा हो: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पद छोड्नै पर्ने बताएका छन्। कुराकानी गर्दै स्थायी समिति सदस्य पाण्डेले दुई पदमा एक पद प्रधानमन्त्री आफैंले रोज्ने विश्वास व्यक्त गरे। 'प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद आफैंले रोज्नुपर्छ। उहाँले नै यसको...बाँकी अंश →


नेपालको उर्जा क्षेत्रमा लगानी ल्याउन बंगलादेश तयार

सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरे। नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री पुनले नेपालको...बाँकी अंश →


मंगलबार मध्यरातबाट लकडाउन अन्त्य

सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। 'आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,' खतिवडाले भने, 'कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब...बाँकी अंश →


झलनाथ र माधव नेपाललाई प्रचण्डले भने- मैले कुनै सहमति गरेको छैन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन्। आइतबार बिहान आफ्नै निवास खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन्। बैठकमा प्रचण्ड-नेपाल दुबै पक्षका स्थायी समिति सदस्यसमेत पुगेका थिए। प्रचण्डको भनाइअनुसार प्रधानमन्त्री...बाँकी अंश →


सचिवालय बैठकअघि ओली-प्रचण्ड भेटवार्ता हुने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। शनिबार अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उनले बताए। नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter