काठमाडौँ, १ साउन (रासस) ः गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रिचार्ड मोरिस र कतारका राजदूत युसुफ बिन मोहम्मदले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा बेलायती राजदूत रिचार्ड मोरिससँग भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री...बाँकी अंश →
काठमाडौँ, १ साउन (रासस) ः प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता सञ्जय गौतमले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा गौतमले स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रको सुधारका लागि सत्याग्रह गर्नुभएका केसीलाई कुनै दलसँग जोड्न नहुने बताउनुभयो । उहाँले माथेमा प्रतिवेदनका...बाँकी अंश →
– रमेश लम्साल काठमाडौँ, १ साउन (रासस) ः आर्थिक वर्ष २०७४÷७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा...बाँकी अंश →
– प्रकाश सिलवाल काठमाडौँ, १ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आगामी महाधिवेशनमा भाग...बाँकी अंश →
काठमाडौँ, १ साउन (रासस) ः राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उहाँ २०७० सालमा तत्कालीन मधेशी जनअधिकार...बाँकी अंश →
कपिलवस्तु १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुलीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा सोमवार पक्राउ गरको छ ।शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेको हो । पराजुलीले शिक्षक संग घुस मागे पछि उतm कुराअख्तियारमा जानकारी गराइएको थियो ।...बाँकी अंश →
भक्तपुर, १ साउन (रासस) ः भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा...बाँकी अंश →
काठमाडौँ, ३२ असार (रासस) ः नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो । वार्तामा प्रधानमन्त्री केपी शर्मा...बाँकी अंश →
काठमाडाँै, ३२ असार (रासस) ः सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आज सरकारले निषेधाज्ञा जारी गर्नु कानूनसम्मत नदेखिएको हुँदा अर्को आदेश नभएसम्मलाई सो आदेशलाई निरन्तरता दिएको...बाँकी अंश →
काठमाडौँ, ३२ असार (रासस) ः सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा डा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र...बाँकी अंश →
काठमाडौँ, ३२ असार (रासस)ः समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते मुलुकको संघीय राजधानी काठमाडौँमा हुने भएको छ...बाँकी अंश →
काठमाडौँ, ३२ असार (रासस) ः नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीको मागप्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएको छ । संघका महासचिव डा लोचन कार्कीले आज विज्ञप्ति जारी गरी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: