काठमाडौँ, २ साउन (रासस) ः सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् । विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस) ः नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।बाँकी अंश →
धनगढी, २ साउन (रासस)ः कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा आज फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सडक छेउको घाँस उम्रेको ठाउँमा राखिएको उक्त बममा विष्फोट गरिने समयसमेत सेट गरिएको पाइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक...बाँकी अंश →
रत्ननगर, चितवन, २ साउन (रासस) ः चितवनको भरतपुरमा प्रदेश नं ३ को बालसुधार तथा पुनःस्थापना गृह बन्ने भएको छ । चितवनको भरतपुरस्थित सिँचाइ कार्यालय रहेको एक बिगाह चार कट्ठा जग्गामा बालसुधार गृह निर्माणका प्रक्रिया शुरु भएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । गृहमन्त्रालयको निर्देशनअनुसार सो स्थान तय गरी...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस) ः नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ । बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँता छन् । यहाँ मंगलबार...बाँकी अंश →
काठमाडौँ, १ साउन (रासस) ः नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने...बाँकी अंश →
काठमाडौँ, १ साउन ९रासस० ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ । काँग्रेस महामन्त्री डा शशांक कोइरालाले आज विज्ञप्तिमार्फत उक्त विरोध सभाका लागि पार्टीका जिल्ला समितिलाई निर्देशन दिँदै भ्रातृ एवं शुभेच्छुक...बाँकी अंश →
काठमाडौँ, १ साउन (रासस) ः नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत रोलाण्ड सेफरले नेपाल सरकारको रणनीतिक लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ हासिल गर्ने अभियानमा आफ्नो देशको पूरा साथ रहने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपाल–जर्मन दुई पक्षीय व्यापार तथा लगानी’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै...बाँकी अंश →
काठमाडौँ, १ साउन (रासस) ः नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेवि संघले माथेमा प्रतिवेदन लागू गरेर डा केसीले राखेको माग पूरा गर्न माग गर्दै आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥यालीसमेत निकालेको छ । नेवि संघका अध्यक्ष नैनसिंह महरले सरकारले नागरिकको अधिकार...बाँकी अंश →
काठमाडौँ, १ साउन (रासस) ः पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थी नेपाल र चीनका विद्यालयबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले नेपाल आएका छन् । दुई शिक्षकसहित २३ विद्यार्थी नेपाल र चीनको विद्यालयबीचको पढाइको सम्बन्ध बढाउनुको साथै नेपालको कला, संस्कृति, रीतिरिवाजका बारेमा अध्ययन गर्न नेपाल आएका हुन् । केही दिनअघि नेपाल आएका उनीहरु...बाँकी अंश →
काठमाडौँ, १ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँगको भेटघाटमा उहाँले भन्नुभयो, “देशलाई कानून र विधिको शासनमा हिँडाउने प्रयत्न सरकारको छ ।” “संविधान, नियम, कानून र विधिअनुसार सरकारले काम गर्छ,...बाँकी अंश →
विराटनगर, १ साउन (रासस) ः प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कृषि उत्पादनमा जलवायुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले यसको अनुकूलता बचाइराख्नुपर्ने बताउनुभएको छ । नेपाल जैविक समाजद्वारा आज यहाँ आयोजित ‘समृद्धिको यात्रामा दिगो विकासका लागि शिक्षा, अनुसन्धान र नविनतम प्रविधिको महत्व’ विषयक एक दिने कार्यशाला गोष्ठीमा उहाँले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: