काठमाडौँ, ३ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव गर्नु भएको छ । राजपाका नेताहरुसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नु भएको हो । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्ध, उद्योग स्थापनालगायतका लागि बृहत योजना...बाँकी अंश →
काठमाडौँ, ३ (साउन) ः नेपाली काँग्रेसले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा सुधारका लागि कांग्रेसको सरकारले जारी गरेको अध्यादेशभन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नुले स्थिति जटिल बन्दै गएको उल्लेख गरी संसद्...बाँकी अंश →
काठमाडौँ, ३ साउन (रासस) ः गृहमन्त्रालयले आमरण अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सम्बन्धित निकायबाट विधिपूर्वक समाधान हुने भन्दै शान्ति कायम राख्न आ–आफ्नो स्थानबाट संयमित रही भूमिका निर्वाह गर्न अपिल गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी दिउँसो जुम्ला जिल्लाको सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा...बाँकी अंश →
काठमाडौँ, ३, साउन (रासस) ः नेपाल पत्रकार महासंघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको अनशनको समर्थनमा भएको आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि सुरक्षाकर्मीबाट दुव्र्यवहार भएको जनाउँदै घटनाप्रति आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको जनाउँदै...बाँकी अंश →
काठमाडौँ, ३ साउन ९रासस० ः जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा केसीलाई आज काठमाडौँ ल्याइएको छ । बीस दिनदेखि अनशनरत प्रा डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६ः४५ मा काठमाडौँ ल्याइएको हो । टुँडिखेलमा अवतरण गराइएलगत्तै प्रा डा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।...बाँकी अंश →
काठमाडौँ, ३ साउन ९रासस० ः प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन...बाँकी अंश →
काठमाडौँ, ३ असार ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ । प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै...बाँकी अंश →
पोखरा, ३ साउन (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ । प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहनुभएको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक प्रधानमन्त्रीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएको हो । प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी,...बाँकी अंश →
– भीष्मराज ओझा काठमाडौँ, ३ साउन (रासस) ः विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ । वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच...बाँकी अंश →
काठमाडौँ, ३ साउन (रासस) ः आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस)ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बारे जानकारी लिँदै उहाँले एउटै रोगका कम्पनी पच्छिे फरकफरक गुणस्तर भएका धेरै थरी औषधिले जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको हुँदा औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्ने बताउनुभएको हो ।...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनशन बसिरहनुभएका डा गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन र हिल होम केयर प्रालिले संयुक्त रुपमा सञ्चारकर्मीहरुका लागि आज यहाँ आयोजना गरेको ‘निशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रमको उद्घाट्न...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: