काठमाडौँ, ६ साउन (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मार्ग इजाजत (रुट परमिट) पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय निर्धारण गरिएको बताउनुभएको छ । गत वर्ष चैत १८ गते जारी भएको यातायात निर्देशिकामा रुट परमिट पाएका सवारीलाई कम्पनीमा दर्ता हुनुपर्ने समय नतोकिएकाले असार ३१ गतेको निर्णयले...बाँकी अंश →
काठमाडौँ, ६ साउन (असार) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गर्नुभयो । सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाउनुभएको छ भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २००...बाँकी अंश →
वीरगञ्ज, ६ साउन (रासस) ः गतवर्ष साउनदेखि लागू भएको आयातनिर्यात कोड (एक्जिम कोड) लिन व्यापारीलाई समय लागेको तथा बाढीका कारण बाटोघाटो बन्द भएकाले आर्थिक वर्ष २०७४÷७५ मा एकीकृत जाँचचौकी भन्सारले रु तीन अर्ब कम राजश्व उठाएको छ । सो कार्यालयले आव २०७४÷७५ मा भारतलगायत तेस्रो मुलुकबाट ३७ प्रतिशत आयात बढ्न...बाँकी अंश →
काठमाडौँ, ६ साउन(रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जामा महिला सहभागिता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ऊर्जा र वातावरणको लागि महिला संजाल, नेपाल(वनी)का प्रतिनिधिहरुले बुझाएको ११ सूत्रीय मागपत्र प्रहण गर्दै मन्त्री पुनले राज्यका ऊर्जासम्बन्धी नीति तथा कानूनहरु लैङ्गिकमैत्री बनाउन र ऊर्जा क्षेत्रको समग्र नीति...बाँकी अंश →
काठमाडौँ, ६ साउन (रासस) ः नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ । आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला...बाँकी अंश →
काठमाडौँ, ६ साउन ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गर्नुभएको छ । मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उहाँले विदेश भ्रमण स्थगन गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण...बाँकी अंश →
काठमाडौँ, ६ साउन ः मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इण्टरनेट प्रयोग गर्नमा समस्या भएको छ । केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इण्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा...बाँकी अंश →
भद्रपुर, ६ साउन ः धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ भएको छ । अर्जुनधारा नगरपालिका कार्यालयका योजना (कृषि) अधिकृत शालिकराम भट्टराईका अनुसार असारको पहिलो र दोस्रो साता परेको पानीमा धान रोपाइँ भए पनि अन्तिम सातादेखि परेको खडेरीका कारण रोपाइँ हुन सकेको छैन । किसानले...बाँकी अंश →
– वासुदेव पौडेल पोखरा, ६ साउन ः महामानव बिपी कोइरालाको ३६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।प्रजातान्त्रिक समाजवादका विचारक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका उहाँकोे साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण छ । कवि तीर्थ श्रेष्ठका अनुसार नेपाली आख्यान विधाका शिखर व्यक्तित्व कोइराला नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने प्रमुख...बाँकी अंश →
काठमाडौँ, ५ साउन ः स्रष्टाको सिर्जनामा पाठक रमाउन पाउँदा नै सिर्जनाको सार्थकता हुन्छ, लेखकीय चाहना पूरा हुन्छ । नेपाली पद्य लेखनमा पछिल्लो समय सार्वजानिकत्व भन्दा निजत्व बढी रहेको सन्र्दभमा कवि शम्भु अर्यालले वर्णनात्मक, विवरणात्मक र वयानात्मक भन्दा फरक शैलीमा आफ्नो पहिलो कविता सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । ‘सेतो सुनखानी’ नामक...बाँकी अंश →
काठमाडौँ, ५ साउन : धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको शेयर कारोवार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम...बाँकी अंश →
विराटनगर, ५ साउन : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उहाँको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पार्नुभयो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: