२६ फागुन २०८१

राष्ट्रिय

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन

काठमाडौँ, १५ साउन (रासस) ः ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराउनुभएको छ । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ । प्रतिनिधिसभा,...बाँकी अंश →


वैदेशिक रोजगारलाई सुधार गर्ने मन्त्री विष्टको भनाइ

विराटनगर, १५ साउन (रासस)ः श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब...बाँकी अंश →


काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको छुट्टाछुट्टै पत्रकार सम्मेलन

भक्तपुर, १५ साउन (रासस) ः मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् । नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको...बाँकी अंश →


खेलकूदका भौतिक पूर्वाधार निर्माणको काममा तीव्रता

नेपालगञ्ज, १५ साउन (रासस)ः नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना बनाइएको...बाँकी अंश →


अवैध शुल्क उठाउने मेनपावर कम्पनीमा विभागको छापा

काठमाडौँ, १४ साउन (रासस) ः वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै आज वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ । सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति रु एक लाख ८० हजारसम्म...बाँकी अंश →


समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, १४ साउन (रासस) ः हेनान प्रान्तीय उद्योग तथा वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । चेम्बरका अनुसार सम्पन्न सहमतिपत्र अनुसार दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधीकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदानप्रदान गर्ने उल्लेख छ...बाँकी अंश →


मुलुकी ऐन कार्यान्वयनको तयारी पूरा

काठमाडौँ, १४ साउन (रासस) ः आगामी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी देवानी र मुुलुकी अपराध संहिता लागू गर्ने पूर्ण तयारी भएको महान्यायाधिक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता), २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी...बाँकी अंश →


विकासका लागि भ्रष्टाचार बाधक छ – अध्यक्ष राणा

काठमाडौँ, १४ साउन (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले मुलुकमा बढ्दै गएको महँगी र भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ । पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “बजार नियमन र अनुगमनलाई सरकारले तीव्रता दिन नसकेका कारण पछिल्लो समयमा दिनहुँजसो उपभोग्य वस्तुको...बाँकी अंश →


घरबहाल करको अनिवार्य व्यवस्था गर्न माग

काठमाडौँ, १४ साउन (रासस) ः घर बहालमा बस्नेका लागि अनिवार्य रुपमा सम्झौता गरी करको दायरामा ल्याइनुपर्नेमा जोड दिइएको छ । घरबहाल सरोकार महासंघ नेपालले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जोड दिइएको हो । बहालमा बस्नेमध्ये पाँचदेखि सात प्रतिशतसम्मले मात्र सम्झौता गरेको बताइएको छ । भदौ १ गतेदेखि...बाँकी अंश →


गल्फ खेलाडी थाइल्याण्डतर्फ

काठमाडौँ, १४ साउन (रासस) ः इन्डोनेसियामा आयोजना हुने १८ औँ एशियाली खेलकूद (एशियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिता तयारीका लागि गल्फ सङ्घका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड गएका हुन् । नेपाली...बाँकी अंश →


बीमा विधेयक–२०७५ संशोधन गर्न माग

काठमाडौँ, १४ साउन (रासस) ः संघीय संसद्मा दर्ता गराएको बीमा विधेयक–२०७५लाई सरकारले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ । बीमा सर्भेयर संघ नेपालले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त विधेयक संशोधन गर्न सरकारसँग माग गरिएको हो । संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बीमा ऐनमा ‘सर्भेयर’लाई विस्थापित गरी मध्यस्थकर्ता स्थापित गर्नेगरी भएको...बाँकी अंश →


राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी

–कुमार चौलागाई काठमाडौँ, १४ साउन ९रासस० ः युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाल सदस्य तथा मन्त्रालयका खेलकूद...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter