२८ फागुन २०८१

राष्ट्रिय

चार उद्योग कारबाहीमा

काठमाडौँ, २४ साउन ,नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरबमोजिम नभएका चार उद्योगलाई कारबाही गरेको छ । विभागले आज गुणस्तरबमोजिम उत्पादन नगर्ने नारायणी सिमेन्ट उद्योग प्रालि बारा, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्ट्रिक प्रालि रुपन्देही र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौँलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु...बाँकी अंश →


नेपालको नयाँ संविधानबारे अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

काठमाडौँ, २४ साउन , नयाँ संविधान (नेपालको संविधान २०७२) को मूलतत्व र यसको कार्यान्वयन सम्बन्धमा छलफल तथा विश्लेषण गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ । काठमाडौँ विश्व विद्यालय, स्कुल अफ ल र दक्षिण एशिया गुठीले संयुक्त रुपमा यही साउन २६ देखि २८ सम्म सम्मेलन गर्न लागेको सम्मेलन...बाँकी अंश →


बलाधिकृत रथी थापालाई कामु प्रधानसेनापतिको कार्यभार

काठमाडौँ, २४ साउन , प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई आज हस्तान्तरण गर्नुभएको छ । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रबारदेखि बिदामा बस्नुहुनेछ । नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको...बाँकी अंश →


शिक्षा आयोगको कार्ययोजना तय

काठमाडौँ, २४ साउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले चार महिनाभित्र विषयगत समूहका आधारमा छलफल गरी आफ्नो प्रतिवेदन तयार गर्न जिम्मेवारी बाँडफाँड गरेको छ । आयोगका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले चारमहिने कार्ययोजना पारित गरेको हो । आयोगको पहिलो बैठक यही साउन १६ गते बसेको...बाँकी अंश →


राज्यको जिम्मेवारीमा रहेकालाई नेकपाले कार्यकारी पद नदिने

काठमाडौँ, २४ साउन ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि सहज बनाउन संघीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसद्का दल नेता र उपनेता,...बाँकी अंश →


साफ च्याम्पियनसिप फूटबल आजदेखि शुरु

थिम्पु, भुटान, २४ साउन, आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् । उक्त प्रतियोगिताको यो...बाँकी अंश →


खाडी मुलुक जान लागेका महिलालाई फर्काइयो

बाँके, २४ साउन , अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले...बाँकी अंश →


नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री , चन्दा नायके खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउ

काठमाडौँ, २३ साउन  महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा१४प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको...बाँकी अंश →


समावेशी विकासका लागि समावेशी लोकतन्त्र

पोखरा, २३ साउन , गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रको समावेशी विकासका लागि समावेशी लोकतन्त्रको विषय अगाडि आएको बताउनुभएको छ । सञ्चारिका समूहद्वारा आयोजित ‘स्थानीय सरकारमा महिला ः सञ्चार माध्यमसँगको सहकार्य’ विषयक दुई दिवसीय कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संवैधानिक हक अधिकारको उपयोगका लागि क्षमता अभिवृद्धि पनि सँगसँगै...बाँकी अंश →


‘जघन्य अपराधमा संलग्नलाई कडा कारवाही हुनुपर्छ’

काठमाडौँ, २३ साउन  बालिकामाथि हुने यौन हिंसा तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारवाही हुनुपर्ने महिला नेत्री, मानव अधिकारकर्मी तथा कानून व्यवसायीले जोड दिएका छन् । यहाँ आज आयोजित छलफलका वक्ताले बालिकामाथिको बलात्कार तथा हत्याको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै आगामी भदौ १ गतेदेखि परिमार्जनसहित लागु हुने नयाँ मुलुकी...बाँकी अंश →


बालविकास केन्द्रमा सत्तरी प्रतिशत हाजिरी अनिवार्य

–प्रकाश सिलवाल काठमाडौँ, २३ साउन : प्रारम्भिक बालविकास केन्द्र वार्षिक न्यूनतम् २२० दिन खुल्नुपर्ने र ७० प्रतिशत हाजिरी हुनुपर्ने नयाँ मापदण्ड तय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा विभाग तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको ‘प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम् मापदण्ड मार्गदर्शक पुस्तिका, २०६७ (पहिलो संशोधन),...बाँकी अंश →


राष्ट्रियसभा ः हलिया व्यवस्थापन माग

काठमाडौँ, २३ साउन ,राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा विशेष समयमा सांसद चक्रप्रसाद स्नेहीले हलिया मुक्तिको घोषणा गरिएको लामो समय भए पनि उनीहरुको उचित व्यवस्थापन नभएकामा गुनासो गर्नुभयो । सरकारले हलियालाई रु तीन लाख र घर मर्मतका लागि रु एक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter