काठमाडौँ, २५ भदौ । प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो । कारवाही परेकामध्ये २७२ नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरेको,...बाँकी अंश →
काठमाडौं, २५ भदौ । काठमाडौं कीर्तिपुरमा दुई जना बालिकालाई चार दिनदेखि बन्धक बनाएर बलात्कार गरेको खुलासा भएको छ । १३ र १४ वर्षका दुई बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको हो । उनलाई...बाँकी अंश →
काठमाडौँ, २४ भदौ ,, काठमाडौँ, २४ भदौ (रासस) ः पूर्वसभामुख तथा काङ्ग्रेस नेता तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताउनुभएको छ । उहाँले काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने भविष्यवाणीसमेत गर्नुभयो । “काङ्ग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, त्यसमा छैन”, १०५औँ बिपी जयन्तीको अवसरमा बिपी विचार राष्ट्रिय समाजले...बाँकी अंश →
गुलरिया, बर्दिया २४ भदौ ,, नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको बताउनुभयो ।...बाँकी अंश →
काठमाडौँ, २४ भदौ ,, नेपाली काङ्ग्रेसले बिपी विचार बिर्सिएकाले तीनै तहको निर्वाचनमा पछि परेको राजनीतिज्ञले बताएका छन् । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्तीका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘आजको सन्दर्भमा बिपी विचार’ कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विधिको शासन स्थापनामा कोइरालाले महत्वपूर्ण योगदान दिनुभएको स्मरण...बाँकी अंश →
काठमाडौँ, २४ भदौ ,, अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि उपलब्ध गराएको सहुलियत ऋणको ब्याजदर वृद्धि नगरिने बताउनुभएको छ । अर्थ मन्त्रालय पुगेका भूकम्प सहुलियत कर्जा पीडित सहजीकरण तथा समन्वय समितिका प्रतिनिधिसँग आज उहाँले विगतमा जुन शर्तमा ऋण उपलब्ध गराइएको हो त्यसलाई निरन्तरता दिइने बताउनुभयो । नेपाल राष्ट्र बैंकमार्फत...बाँकी अंश →
काठमाडौँ, २४ भदौ ,, चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले आज झांगमु–तातोपानी (सिन्धुपाल्चोक) र केरुङ–रसुवागढी (रसुवा) नाकामा अवस्थित पुलको पुनःनिर्माण र ल्हासास्थित महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको छ । ल्हासामा आयोजना गरिएको विशेष समारोहकाबीच उहाँले नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मितेरी पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको हो ।...बाँकी अंश →
बुटवल, २४ भदौ ,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीलाई बलियो बनाउन सभापतिलाई पूर्ण अधिकार दिनुपर्ने बताउनुभएको छ । बिपी जयन्तीका अवसरमा आज बिपी चोकमा आयोजना गरेको कार्यक्रममा उहाँले सामूहिक नेतृत्वमा जाँदा पार्टी सभापतिको अधिकार कम हुँदा पार्टी नै चलाउन समस्या भएकाले सभापतीय वा...बाँकी अंश →
काठमाडौँ, २४ भदौ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच विगतका भएको सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्नो भ्रमण सफल भएको बताउनुभएको छ । चारदिने भारत भ्रमणबाट आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,...बाँकी अंश →
काठमाडौँ, २४ भदौ ,, प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग सोमबार संसदीय सुनुवाइ हुने भएको छ । सङ्घीय संसद्मातहतको संसदीय सुनुवाइ समितिमा उहाँविरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारेमा सुनवाइ हुन लागेको हो । समितिको आजको बैठकले प्रस्तावित उहाँविरुद्ध परेका सिकायतबारेमा उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको...बाँकी अंश →
काठमाडौँ, २४ भदौ ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)लाई हरसम्भव आर्थिक विकासका क्षेत्रमा केन्द्रित गर्ने प्रयास भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले बिम्स्टेक रणनीतिक र सुरक्षासँग सम्बन्धित सङ्गठन नभएकाले यसको गतिविधि आर्थिक र प्राविधिक सहयोगमा नै केन्द्रित...बाँकी अंश →
काठमाडौँ, २४ भदौ ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताउनुभएको छ । यहाँस्थित चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई आज पुरस्कार वितरण गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: