काठमाडौँ, ६ असोज ,, नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ...बाँकी अंश →
काठमाडाँै, ६ असोज ,, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानका लागि क्षेत्रको पहिचान आवश्यक रहेको बताउनुभएको छ । वौद्धिक वृत नेपालको आज यहाँ आयोजित आठौँ साधारणसभा तथा वौद्धिक दर्पण सार्वजनिक कार्यक्रममा उहाँले मुलुक विकास र समृद्धितर्फ अघि बढाउनका लागि वौद्धिक व्यक्तित्वले त्यस्ता क्षेत्रको पहिचान गर्नुपर्ने...बाँकी अंश →
काभे्रपलाञ्चोक, ६ असोज ,, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपराधिक गतिविधि रोक्न सरकार कठोर तरिकाले लाग्ने बताउनुभएको छ । काभे्रपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ स्थित सर्वमङ्गला बहुमुखी क्याम्पसको वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै स्वतन्त्रताका नाममा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सरकारले हरसम्भव उपाय अबलम्बन गर्दै निर्ममसम्म हुने बताउनुभयो...बाँकी अंश →
भक्तपुर,६ असोज ,, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा...बाँकी अंश →
कञ्चनपुर, ६ असोज ,, मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्भेक्षणको काम अन्तिम चरणमा पुगेको छ । चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड–गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको क्षेत्रमा ७० प्रतिशत घरधुरी सर्भेक्षणको काम पूरा भएको छ । रेलमार्गमा पर्ने ५०० घरधुरी प्रभावित हुने...बाँकी अंश →
काठमाडौँ, ६ असोज ,, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताउनुभएको छ । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण,...बाँकी अंश →
विराटनगर, ६ असोज,, नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारलाई जनताका निम्ति परिणाममुखी काम गर्न सुझाव दिनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले चाडपर्वको बेलामा बजारमा हुनसक्ने मङ्हगीप्रति सरकारको ध्यान जाओस् भन्नुभयो । उहाँले संविधानको मर्ममाथि कसैले प्रहार गरे काङ्ग्रेसलाई मान्य नहुने भन्दै...बाँकी अंश →
काठमाडौँ, ६ असोज ,, नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा...बाँकी अंश →
वाशिङ्टन, डिसी, ६ असोज ,, अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली...बाँकी अंश →
सुनसरी । बिहीबार दिउँसो हरिनगरा गाउँपालिका, भुटाहा बजारमा गोली हानी हत्या गरिएका खुर्सिद अन्सारी सामान्य व्यक्तिहरूबाट नभर्इ भारतीय प्रतिआतंकवाद सेलको कारवाहीबाट मारिएको हुन सक्ने नेपाल प्रहरीका उच्च अधिकारीले विश्लेषण गरेका छन् । स्थानीयबासीको अाशंका पनि खुर्सिद भारतीय सुरक्षाकर्मीबाटै मारिएको हुन सक्ने भन्ने छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले खुर्सिदको हत्या...बाँकी अंश →
काठमाडौँ, ५ असोज,, मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा रहेका यातायात मजदूर र सरकारबीच आठबुँदे सहमति भएको छ । सहमतिसँगै बन्द यातायात आजदैखि सञ्चालनमा आउने वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको वार्तामा नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले दिएको...बाँकी अंश →
काठमाडौँ, ५ असोज ,, विवेकशील साझा पार्टीले नेपालभित्र र नेपाल बाहिरबाट मुलुकको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संविधान दिवसका दिन प्रदेश नं २ मा एक समूहले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा प्रहार हुने गरी भेला र भाषण गरेको भन्दै उक्त पार्टीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: