०७ चैत २०८१

राष्ट्रिय

राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौँ, १२ माघ,, राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यसै...बाँकी अंश →


मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम : आवास निर्माणदेखि निःशुल्क वाइफाइसम्म

परासी, ११ माघ ,, विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि पश्चिम नवलपरासीमा छनोट भएका गाउँपालिकाले कार्यक्रम सञ्चालन हुने बस्तीको पहिचान गरी त्यहाँ सञ्चालन गरिने...बाँकी अंश →


कृषिमा प्रभावकारी योजना निर्माण गर्नु आवश्यक ः मन्त्री खनाल

नारायणपुर, १० माघ ,, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले आज आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासका लागि प्रभावकारी र व्यवहारिक योजना बनाएर अगाडि बढ्न सक्नुपर्छ । मन्त्री...बाँकी अंश →


नेकपाद्वारा अधिकारीको स्वास्थ्यलाभको कामना

काठमाडौँ, १० माघ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आज पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति निकाली अधिकारीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । गत माघ २ गते मुटु, श्वासप्रश्वास र छातीको सङ्क्रमण भएपछि उहाँको उपचार अहिले ललितपुरस्थित मेडिसिटी...बाँकी अंश →


नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ, १० माघ ,, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभएको छ । नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले विभिन्न आयोजनमा जापानले गर्दै आएको...बाँकी अंश →


डाभोस विश्व आर्थिक मञ्च,, नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

डाभोस, ९ माघ,, विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ । माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी...बाँकी अंश →


देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

काठमाडौँ, ८ माघ ,, मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नदेखि भने देशभर पूर्ण...बाँकी अंश →


सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

पाल्पा, ८ माघ   ,,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई काम...बाँकी अंश →


मुस्लिम आयोगको अध्यक्षमा शमीम अन्सारी आउदै

संवैधानिक आयोगको रुपमा रहेको मुस्लिम आयोग को अध्यक्ष पदमा शमीम अंसारी लाई आज संसदीय सुनुवाई समितिमा सिफारिश गरिएको छ । संवैधानिक परिषद को तर्फ बाट सिफारिश गरिएका अंसारी नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य हुन भने राष्ट्रीय मुस्लिम सँँघर्ष गठबंधन को केन्द्रिय संयोजक पनि हुन । मुस्लिम आयोग लगायत अन्य...बाँकी अंश →


सभागृहको बजेट नरोक्न आग्रह

भद्रपुर, ६ माघ  ,,  नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गर्नुभएको छ । आज यहाँ प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाउनुभएको छ । वर्तमान प्रधानमन्त्री केपी...बाँकी अंश →


किराती राजाको छोराको सामूहिक चौतारा निर्माण

खोटाङ, ६ माघ  ,,  हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा किराती राजा होलैसुङको दश भाइ छोराको सामूहिक चौतारा बनाइएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी नजिकै रहेको होलेसुङगढी जाने बाटोमा होलेसुङ समूहले सङ्कलन गरेको चन्दाबाट सामूहिक चौतारा निर्माण गरिएको हो । चौतारामा होलैसुङ राजाका जेठा छोरा होम्दिमहोँछा, माइला मायाराजाहोँछा, साइला जितराजाहोँछा, काइला...बाँकी अंश →


शहीद कोइरालाको प्रतिमास्थल खण्डहर बन्दै

बर्दिवास, ६ माघ  ,,   महोत्तरी जिल्लाको मटिहानीस्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहर बनेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शहीद कोइरालाको मटिहानी नगरपालिका–७ स्थित स्मारकस्थलको संरक्षण र मर्मत सम्भार नपाएपछि खण्डहर बनेको हो । नेपाली काङ्ग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको तयारी गरिरहँदा पञ्चायतकालमा विसं २०३१ साउन ३१ गते राति मटिहानीमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter