१६ चैत २०८१

राष्ट्रिय

द्र्ूतमार्ग निर्माण

मङ्गलबारे, ८ फागुन ,,  इलाम बजारबाट तराई जोड्ने दू्रतमार्ग खुलेको छ । दू्रतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ । मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै विर्तामोड पुग्न सकिन्छ । इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ, भाङटार, राकसे हुँदै...बाँकी अंश →


गाउँपालिका राष्ट्रिय महासङ्घमा पोखरेल

किर्नेटार, ८ फागुन ,,  गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ३ कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल सर्वसम्मत चयन हुनुभएको छ । तामाकोशी गाउँपालिकाको किर्नेटारमा मङ्गलबार सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो । अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज...बाँकी अंश →


काकाकुल बन्दैछन् चुरेवासी

पशुपतिनर, ८ फागुन ,,  इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ । चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन् । प्राकृतिक कुवा,...बाँकी अंश →


बाहिरी लेन निर्माण आधा

काठमाडौँ, ८ फागुन ,, कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ । दश दशमलव चार किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । कोटेश्वर–कलङ्की सडक चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माण भई गत महीना चिनियाँ दूतावासले...बाँकी अंश →


स्वस्थानी व्रत सम्पन्न

काठमाडौँ, ८ फागुन ,, हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा...बाँकी अंश →


भरतपुर अस्पतालको स्तरोन्नति

चितवन, ८ फागुन ,, भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराउनुभएको हो । मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालका...बाँकी अंश →


वन अतिक्रमण

गोरखा, ७ फागुन ९ ,, गोरखाका सात गाउँपालिकामा १८ हेक्टर वन अतिक्रमण भएको पाइएको छ । डिभिजन वन कार्यालय गोरखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार गोरखा नगरपालिका र पालुङटार नगरपालिकाबाहेक जिल्लाभित्र १८ हेक्टर वन तथा सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको हो । अहिलेसम्म सबै गाउँपालिकामा के कति वनजङ्गल अतिक्रमण भएको रहेछ भन्ने...बाँकी अंश →


शेयर बजारमा बाइस अङ्कको वृद्धि

काठमाडौँ, ७ फागुन ,, लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१...बाँकी अंश →


बारको २५ औँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी घोषणा

काठमाडौँ, ७ फागुन ,,  नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको अध्यक्षता उम्मेदवारी घोषणा गरेको छ । सो समूहको केन्द्रीय चुनाव प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सो समूहको उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षमा अधिवक्ता...बाँकी अंश →


नौ हजार परिवारलाई खानेपानी योजना

काभे्रपलाञ्चोक, ७ फागुन ,, तेमाल क्षेत्रमा नौ हजार ३१० परिवारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । कूल रु एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको सो आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभयो । सुनकोशी नदीबाट १२ किलोमिटरको...बाँकी अंश →


शहीद स्मारक फुटबल

काठमाडौँ, ७ फागुन ,, शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा टुसाल युथ क्लबले मध्यपुर युथ एशोसिएशनलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै टुसाल १० अङ्कका...बाँकी अंश →


पोखरा म्याराथनको उपाधि रिमाललाई

कास्की, ७ फागुन ,, तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै उनले उपाधिसहित नगद रु एक लाख पुरस्कार प्राप्त गरेका छन् । पोखरा रङ्गशालाबाट शुरु...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter