१६ चैत २०८१

राष्ट्रिय

पर्यटक आकर्षित गर्न वनभोज स्थल निर्माण

दमौली, ८ फागुन ,, सरकारबाट १०० नयाँ गन्तव्यका रुपमा घोषणा भएको तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा वनभोजस्थल निर्माण सम्पन्न भएको छ । पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यसहित पार्कले रु १६ लाखको लागतमा वनभोजस्थल निर्माण गरेको हो । पार्कका कोषाध्यक्ष एकबहादुर रानाले...बाँकी अंश →


आधुनिक पशु बधशाला निर्माण हुने

हेटौँडा, ८ फागुन ,, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा सात आधुनिक पशु बधशाला निर्माण गरिने भएका छन् । प्रदेशका उपभोक्ताले प्रयोग गर्ने मासु स्वस्थ र गुणस्तरीय होस् भन्नको लागि र पशुको जथाभावी बध रोक्न बधशाला निर्माण गर्न लागिएको मन्त्रालयका निमित्त सचिव निर्मल...बाँकी अंश →


बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न आग्रह

काठमाडौँ, ८ फागुन ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस...बाँकी अंश →


मगर महोत्सव शुरु

पर्वत, ८ फागुन ,, लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी...बाँकी अंश →


वडा थप गर्न प्रस्ताव

रसुवा, ८ फागुन ,, भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले वडा थप गर्ने प्रस्ताव गरेको छ । गाउँपालिकाका अध्यक्ष सीतादेवी पौडेल अधिकारीका अनुसार वडा नं १ को राम्चे र वडा नं ५ को जिवजिवे क्षेत्रको भूभाग तथा वडा नं ४ को धुसेनी, रूप्सेपानी,...बाँकी अंश →


कानून निर्माणको युगीन वर्ष ः कानूनमन्त्री ढकाल

रुपन्देही, ८ फागुन ,,  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणका हिसाबले २०७५ साल युगीन वर्ष हुने बताउनुभएको छ । कानून निर्माणका क्रममा स्रोत परिचालन र बाँडफाँटमा देखिएको अन्योल हटाउन आज बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री ढकालले सङ्ख्याका हिसाबले मात्र नभई गुणात्मक हिसाबले यसवर्ष उत्कृष्ट कानून बनेको...बाँकी अंश →


निर्माणाधीन पुलको निरीक्षण

भीमदत्तनगर, ८ फागुन ,, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको आज बिहान स्थलगत निरीक्षण गर्नुभएको छ । पुलसँगै निर्माण भइरहेको पहुँचमार्ग र उक्त मार्गमा बनिरहेका पुलको समेत निरीक्षणपछि मन्त्री महासेठले निर्माण कम्पनीलाई काममा गति दिन निर्देशन दिनुभएको छ । भीमदत्तनगरपालिका–११, १२ र...बाँकी अंश →


संरक्षणको पर्खाइमा सुकेताल

पाल्पा, ८ फागुन ,, तिनाउ गाउँपालिका–२ सुकेतालस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुकेताल संरक्षणको पर्खाइमा रहेको छ । सुकेतालभन्दा माथिल्लो भागमा सञ्चालित चुन ढुङ्गाखानी र सडक विस्तारका कारण ताललाई असर गर्ने सम्भावना रहेको स्थानीय बासिन्दाको गुनासो छ । उचितरूपमा ताल क्षेत्रको संरक्षण गरी सयौँ पर्यटक घुमफिर गर्ने थलो बनाउन...बाँकी अंश →


‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना

काठमाडौँ, ८ फागुन  ,, ललितपुरको सदर चिडियाखानामा ‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना भएको छ । चार दशकदेखि नेपालमा जैविक विविधता र संरक्षणको क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका बेलायतका संरक्षणकर्मी फिल्ड मार्सल सर जोन चाप्पल (field marshal Sir John Chapple) को सम्मानस्वरुप नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा सेन्टर स्थापना गरिएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक...बाँकी अंश →


अष्ट्रियाली विदेशमन्त्री आउँदै

काठमाडौँ, ८ फागुन ,, अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउन लाग्नुभएको हो । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक...बाँकी अंश →


उद्योगको सङ्ख्यामा वृद्धि

काठमाडौँ, ८ फागुन ,, मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण...बाँकी अंश →


सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम, ८ फागुन ,,  सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो । खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter