हुम्ला, ९ फागुन ९ ,, हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी...बाँकी अंश →
ढाका, ९ फागुन ,, बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।...बाँकी अंश →
गोदावरी, ९ फागुन ,, खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा...बाँकी अंश →
बर्दिया, ९ फागुन ,, गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । मोहम्मद पुर क्षेत्रमा योभन्दा पहिले प्रसूति केन्द्र नहुँदा नेपालगञ्ज वा गुलरियाको अस्पतालमा जानुपर्ने...बाँकी अंश →
काठमाडौँ, ९ फागुन ,, महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग...बाँकी अंश →
दिक्तेल (मुढेब्यारेक), ९ फागुन ,, प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिनुभएको छ । यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उहाँले नेपाली सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने सन्दर्भमा जारी भएको सात लक्ष्य र १५१...बाँकी अंश →
बेझाड, ९ फागुन ,, बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ । वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बनेको छ । कालीगण्डकीका विभिन्न घाटमा पक्की...बाँकी अंश →
भीमदत्तनगर, ९ फागुन ,, कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुग्नुभएका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काममा ढिलाइ भइरहेको भन्दै ज्ञापनपत्र बुझाएको हो ।...बाँकी अंश →
दमौली, ९ फागुन ,, पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्व सभापति स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जिपी फाउण्डेशन तनहुँले सदस्य मनोनित गरेको छ । फाउण्डेशनका संयोजक वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले विधानबमोजिम आठ सदस्य मनोनित गर्नुभएको हो । मनोनित हुने सदस्यमा व्यास नगरपालिका–१ का सन्त तामाङ, म्याग्दे गाउँपालिका–५ का खुमकान्त अर्याल,...बाँकी अंश →
जाजरकोट, ९ फागुन ,, एक समय थियो, जाजरकोट अस्पताल भन्नबित्तिकै सामान्य उपचार हुँदैन भन्दै अस्पतालमा पाइलासमेत टेक्न स्थानीयवासी हिच्किचाउँथे । अहिले नयाँ व्यवस्थापन समिति पाएसँगै नयाँ सेवासुविधा थपिएपछि जिल्ला अस्पताल सबैको भरोसाको केन्द्रविन्दु बनेको छ । अहिले अस्पतालले शल्यक्रिया सेवादेखि बिरामीलाई उचित सल्लाह, सुझाव र परामर्श दिएर राम्रो विश्वास आर्जन...बाँकी अंश →
चरिकोट, ९ फागुन (रासस): आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता यहाँ बुधबारबाट शुरु भएको छ । प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १२ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ । सहभागी हुने जिल्लामा...बाँकी अंश →
काठमाडौँ, ९ फागुन ,,अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरिसकेको छ । तर, बलियो थाइल्याण्डविरुद्ध जित...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: