भक्तपुर, १६ फागुन ,, भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत...बाँकी अंश →
सुकेटार, १६ फागुन ,, नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै...बाँकी अंश →
काठमाडौँ, १५ फागुन ,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो ।...बाँकी अंश →
भद्रपुर, १५ फागुन ,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सवार हेलिकप्टर ताप्लेजुङ जिल्लामा आज दुर्घटना हुँदा हालसम्म तीन शव फेला परेको छ । ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरीमा हेलिकप्टर दुर्घटना भएको बताउनुभयो । उहाँले दुर्घटनास्थलमा तीन वटा जलेको शव...बाँकी अंश →
काठमाडौँ, १५ फागुन ,, गैरआवासीय नेपाली सङ्घले नेपाल भ्रमण वर्षको तयारीको लागि नेपाल प्रवद्र्धन वर्ष २०१९ मनाउन मनाउन शुरु गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको २०७५÷७६ को नीति तथा कार्यक्रमअनुरुप सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणालाई सहयोग पु¥याउन नेपाल प्रवद्र्धन वर्ष मनाउन शुरु...बाँकी अंश →
काठमाडौँ, १५ फागुन ,, नेपालको करातेमा सक्रिय दुई फरक फरक अस्तित्वका कराते महासङ्घ निर्वाचनमार्फत एक हुने सहमतिसहित एकीकरण भएको छ । नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त करातेका दुई महासङ्घ अस्तित्वमा थिए । दावा गुरुङको नेतृत्वमा रहेको कराते महासङ्घलाई राष्ट्रिय र पुनेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराते महासङ्घलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले...बाँकी अंश →
काठमाडौँ, १५ फागुन ,, राष्ट्रियसभाका सांसदहरुले मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी काठमाडौँवासीसमक्ष खानेपानीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद दिलकुमारी थापा रावलले भन्नुभयो, “अहिलेसम्म पनि मेलम्चीको...बाँकी अंश →
काठमाडौँ, १५ फागुन ,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको आकस्मिक बैठक आमन्त्रण गर्नुभएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरिएको छ । ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी...बाँकी अंश →
बनेपा, १५ फागुन ,, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–५ का वडाध्यक्ष खजेन्ची लामाले आफ्नो तलबवापत आएको रकमबाट यहाँका ज्येष्ठ नागरिकलाई सहयोग तथा सम्मान गर्नुभएको छ । च्यासिङखर्कको च्याल्टीमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले ७० वर्षभन्दा माथिका १५१ ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नमा सहज होस् भन्ने उद्देश्यले लठ्ठी वितरण तथा दोसल्ला...बाँकी अंश →
राँझा, १५ फागुन ,, लामो दूरीमा दुईजना चालक नराख्ने यात्रुवाहक बसका चालकलाई ‘ट्राफिक कम्युनिकेशन एप्स’ को मद्दतमा प्रहरीले कारवाही शुरु गरेको छ । ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको सो एप्सको मद्दतले लामो दूरीमा दुई चालक नराखेको भेटिएका ३५ सार्वजनिक सवारी साधन बसका चालक कारवाहीमा परेको ट्राफिक कार्यालय बाँकेले जनाएको छ...बाँकी अंश →
कावासोती, १५ फागुन ,, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल क्षेत्रबाट केही पर नारायणी तटसँगैको मन्दिर परिसरमा पछिल्लो समय वनभोज खान र घुम्न जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।...बाँकी अंश →
काठमाडौँ, १५ फागुन ,, वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा हुने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा वेद र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: