०१ जेठ २०८२

राष्ट्रिय

शव त्रिभुवन विमानस्थलमा

काठमाडौँ, १६ फागुन ,,  ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव छुट्टाछुट्टै शववाहनमा...बाँकी अंश →


विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद

पर्वत, १६ फागुन ,,  आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो । विगत एक वर्षदेखि...बाँकी अंश →


अधिकारीको निधनमा गण्डकीका सबै जिल्लामा शोकसभा गरिने

कास्की, १६ फागुन ,, ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि...बाँकी अंश →


शव बोकेको हेलिकप्टर काठमाडौँतर्फ

सुकेटार, १६ फागुन ,, नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँतर्फ उडेको छ । दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव बुधबार र आज बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो...बाँकी अंश →


मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

पोखरा, १६ फागुन ,,  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताउनुभएको छ । उहाँद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका...बाँकी अंश →


प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ, १६ फागुन ,,  आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...बाँकी अंश →


भविष्य निर्माणमा अधिकारीको अन्तिम सम्बोधन

पोखरा, १६ फागुन ,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उहाँको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो । जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा राख्ने अधिकारी यही फागुन १२ गते पोखरा...बाँकी अंश →


बदलीसँगै वर्षा र हिमपात

काठमाडौँ, १६ फागुन ,,  पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले मुलुकभर वर्षा र हिमपात भएको छ । मौसम पूर्वामानुमान महाशाखाका अनुसार गत रातिदेखि बदलीपछि वर्षा र हिमपात भएको र आज रातिदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । यद्यपिमध्य र पूर्वी क्षेत्र तथा पश्चिम पहाडी क्षेत्रमा केही दिन...बाँकी अंश →


अध्यक्ष दाहालद्वारा समवेदना प्रकट

काठमाडौँ, १६ फागुन ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गर्नुभएको छ । उहाँले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, आमा र श्रीमतीलाई समवेदना...बाँकी अंश →


विवेकशील नेपाली पार्टीद्वारा दुःख व्यक्त

काठमाडौँ, १६ फागुन ,,  विवेकशील नेपाली पार्टीले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ । सो पार्टीका प्रवक्ता मिलन पाण्डेले शोक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका...बाँकी अंश →


मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडौँ, १६ फागुन ,, नेपाली काङ्ग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार राति एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो...बाँकी अंश →


मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने

पोखरा, १६ फागुन ,,   हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका स्वकीय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter