काठमाडाैँ- नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने गरी गृहकार्य भइरहेको छ। दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ। आइतबार बिहान पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ।...बाँकी अंश →
काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने तयारी गरेको छ। यसअघि २०७४ को चुनावमा प्रचारप्रसारका लागि ३९ दिन दिएको आयोगले लामो समय दिँदा चुनाव विकृति बढेको भन्दै यसपटक प्रचारका लागि १५ दिने तयारी अघि बढाएको हो। आयोगमा छलफलका क्रममा...बाँकी अंश →
काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताएका छन्। सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरेका हुन्। शुक्रबार एमालेको कार्यशाला गोष्ठीमा ओलीले प्रमुख नेताहरूप्रति कडा आलोचना गरेका हुन्। उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त...बाँकी अंश →
काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनमा पनि चुनावी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको भोलीपल्ट सत्ता गठबन्धनले यहि गठबन्धनलाई निरन्तरता...बाँकी अंश →
काठमाडौँ – पहिराेका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएकाे छ। भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको हाे। राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे थियो। शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा...बाँकी अंश →
काठमाडौं– संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्ति संलग्न नभएको निष्कर्ष निकालेको छ। समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष उल्लेख गरिएको छ। समितिको प्रतिवेदनमा भनिएको छ–‘ छानबिनबाट समितिले ठहर गरेको वा निष्कर्ष निकालेको विषय समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल,...बाँकी अंश →
काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ र प्रदेशको चुनावमा पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्। प्रेस सन्टर नेपालको दोस्रो केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अर्को गठबन्धन बन्ने सम्भावना नरहेको दोहोर्याएका हुन्। उनले भने, ‘यहाँ गठबन्धन, तालमेल के होला भन्ने प्रश्न पनि उठ्छ। यही गठबन्धन अघि...बाँकी अंश →
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताएका छन्। यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ। पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो बताएका हुन्। ओलीले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा...बाँकी अंश →
काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीति रहेको स्पष्ट पारेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार खुमलटारमा भेट गर्दै सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको विकास प्रक्रियामा सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि...बाँकी अंश →
काठमाडौँ – सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए। मन्त्री बडूका अनुसार अब कर कटौती भएसँगै डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ। उनले कुन शीर्षकका कति कर घटाइएको...बाँकी अंश →
काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन्। बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ...बाँकी अंश →
काठमाडौँ- तारा एयरकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ। आइतबार बिहानदेखि बेपत्ता भएकाे जहाज मुस्ताङकाे थासाङ गाउँपालिका-२ काे शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे नेपाली सेनाले जनाएकाे छ। आज बिहानैदेखि खाेजीकार्यमा हिँडेकाे नेपाली सेनाकाे टाेलीले जहाज भेटाएकाे हाे। अहिले माैसम खुलेकाे हुनाले हेलिकप्टर त्यहाँ जाँदै छ। आइतबार पोखराबाट जोमसोम जाने क्रममा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: