१७ फागुन २०८१

मुख्य खबर

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु

मेलम्ची, असार २  ,,  मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी...बाँकी अंश →


अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन प्रधानमन्त्रीको युरोप भ्रमण सफल

काठमाडौँ, १ असार  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ । सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’...बाँकी अंश →


अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

ग्वाटेमाला, १ असार   ,,   मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ...बाँकी अंश →


गुठीयारका माग सम्बोधन गर्न सकिने

काठमाडौँ, १ असार  ,,  सत्ता पक्षका सांसदले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक गुठीलाई व्यवस्थित बनाउन आएको जिकिर गर्दै यसमा गुठीयारका माग सम्बोधन गर्न सकिने मार्ग प्रशस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरुले विधेयक सदनमा नआइसकेको अवस्थामा अनावश्यक हल्ला गर्नु दुःखद् रहेको हुँदा त्यस्तो...बाँकी अंश →


न्यूजील्यान्डमा भूकम्प

हङकङ, १ असार  ,,   न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।बाँकी अंश →


प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १ असार  ,,  प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन   को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल...बाँकी अंश →


बालश्रममुक्त बनाउन घरदैलो अभियान

डोटी, १ असार   ,,  जिल्लाको जिल्ला दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरपालिकालाई बालश्रममुक्त बनाउनका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आफनो नगर क्षेत्रभित्रमा बालश्रमिक राख्नेलाई कडा कारवाही गर्ने अभियान चलाएको नगरपालिकाले पछिल्लो समय घरघरमा गएर बालश्रम नराख्न पोष्टर, पम्पलेट टाँस गर्न थालेको छ । नगरपालिकाभित्रका विभिन्न निजी घर, पसल तथा...बाँकी अंश →


गर्मी बढ्दै गएपछि विद्यालय धमाधम बन्द गरिँदै

बर्दिवास, १ असार   ,,  अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको...बाँकी अंश →


खानेपानी समस्या समाधान गर्न माग

काठमाडौँ, ३१ जेठ दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका–१ र २ का बासिन्दाले दशकौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न माग गरेका छन् ।विभिन्न निकायसँग पटक पटक गरिएका मागमा सुनुवाइ नभएपछि स्थानीयवासीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्नुभएका प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीलाई आज संसद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । करीब...बाँकी अंश →


आँधीपीडितको खुला आकाशमुनि बास

धनगढी, ३१ जेठ  ,,  धनगढी उपमहानगरपालिका–२ का सरिता रानाथारु साँझको समयमा घरमा खाना पकाइरहनु भएको थियो । जेठ २३ गते साँझ अन्दाजी ७ः३० बजे पश्चिमतर्फबाट एक्कासी आएको आँधीबेहरीले इँटाले बनेको घर भत्किँदा छोरी आस्था राना घाइते भइन् । आँधी नरोकिएपछि घाइते छोरीसहित उहाँले टेबुलमुनि ओत लागेर ज्यान जोगाउनुभयो । घर...बाँकी अंश →


लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

काठमाडौँ, ३१ जेठ   ,,  प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन...बाँकी अंश →


पाकिस्तानका सडक दुर्घटना कम्तीमा आठको मृत्यु

इस्लामाबाद, ३१ जेठ  ,,   पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको मतिआरी क्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ । मतिआरी राजमार्गमा सामानले भरिएको एक ट्रकले यात्रुबाहक भ्यानलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको हो । बिहीबार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter