वीरगञ्ज, ३ असार ,, प्रहरीले अवैधरुपमा मदिरा उत्पादन र बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न अभियान शुरु गरेको छ । पर्साको ग्रामीण क्षेत्रमा मदिराका कारण घरेलु हिंसा बढ्दै गएपछि प्रहरीले सो अभियान शुरु गरेको हो । अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले पटेर्वा सुगौली–१ रङ्गपुर बजार एरियामा...बाँकी अंश →
रुपन्देही, ३ असार ,, उत्तरदायी स्थानीय सरकारका लागि खोज पत्रकारिता कार्यशाला आजदेखि बुटवलमा शुरु भएको छ । शेयर काष्ट इनिसिएटिभ नेपाल र अमेरिकी दूतावासको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा शुरु भएको खोज पत्रकारिता कार्यशालामा रुपन्देहीका ४० पत्रकारको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने कार्यशालामा खोज पत्रकारिता...बाँकी अंश →
सोलुखुम्बु, ३ असार ,, तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले...बाँकी अंश →
ठमाडौँ, २ असार ,, नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिनुभयो । ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन् ,’’...बाँकी अंश →
सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना पनि प्रमुख कारण रहेको उल्लेख गरेको छ । चालू आवमा ८.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो । यद्यपि सो प्रक्षेपणलाई बजेटको मध्यावधि समिक्षा मार्फत केही संशोधन गरियो । भूकम्प, भारतको...बाँकी अंश →
वीरगञ्ज, २ असार ,,, नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै...बाँकी अंश →
इस्लामावाद, २ असार ,, पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ । पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त...बाँकी अंश →
काठमाडौँ, २ असार ,, संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिनुभयोे । सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा...बाँकी अंश →
काठमाडौँ, २ असार ,, सांसद दिलेन्द्रप्रसाद बढूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । केही दिन पहिले उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियोे । प्रतिनिधिसभाको आजको बैठकको शुरुआतमा नेपाली काङ्ग्रेसका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसद बढूलाई बोल्न समय उपलब्ध गराउनुभएपछि उहाँले उक्त विधेयक...बाँकी अंश →
दमास्कस, २ असार ,, सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो । अलेप्पो शहरको दक्षिणमा रहेको अल–वादिही गाउँमा गरिएको क्षेप्यास्त्र आक्रमणबाट अरु १५...बाँकी अंश →
ब्राजिल, २ असार ,, ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । समूह ग को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस सुवारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक...बाँकी अंश →
पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: