१७ फागुन २०८१

मुख्य खबर

रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमा ४३ हजार युवा उडे

काठमाडाँै, ५ असार  ,,  बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३ हजार युवा विदेश उडेका छन् । स्वदेशमै रोजगारी अवसर सिर्जना गर्ने गरी सरकारले ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेपनि जेठमा ४३ हजार ६५४ युवा कामको खोजीमा विदेशिए । वैदेशिक रोजगार विभागका अनुसार, जेठमा ४०...बाँकी अंश →


वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग

काठमाडौँ, ५ असार   ,,   प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गर्नुभएको छ । उहाँले कारखाना सञ्चालन नहुँदा हजाराँै मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिनुभयो । बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार...बाँकी अंश →


स्थानीय तहमा दातृ निकायले आफूखुशी काम गर्न नपाउने ः मन्त्री पण्डित

काठमाडौँ, ५ असार  ,,  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताउनुभएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै...बाँकी अंश →


प्रतिनिधिसभा ः शून्य समय

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक पनि फिर्ता लिन माग गर्नुभयो । सांसद बिमला नेपालीले दलित समुदायलाई थरका आधारमा...बाँकी अंश →


कोपा अमेरिका, अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

साओ पाउलो, ५ असार   ,,    ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ । पाराग्वेका अग्रपंक्तिका खेलाडी डर्लिस गोन्जालेजले ३७औं मिनेटमा गोल गरेका थिए । तर अर्जेन्टिनाका विश्वचर्चित खेलाडी लियोनेल मेस्सीले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।...बाँकी अंश →


लागुऔषध दुरुपयोगसम्बन्धी सप्ताहव्यापी अभियान

काठमाडौँ, ५ असार   ,,   लागुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान शुरु भएको छ । गृहमन्त्रालयको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ आजदेखि असार ११ गतेसम्म सप्ताहव्यापी अभियान शुभारम्भ गरिएको हो । कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या...बाँकी अंश →


स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई

मेलम्ची, ५ असार   ,,  मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् । सरकारले मुहानको हेडबक्सलगायतका अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्ट्रक्सनलाई दिएको...बाँकी अंश →


किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

हेटौँडा, ५ असार   ,,  मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । परिवारसहित...बाँकी अंश →


छ करोड ठगी गर्ने पक्राउ

काठमाडौँ, ४ असार   ,,  महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो...बाँकी अंश →


गर्मीले बिरामी बढे

दमौली, ४ असार   ,,  बढ्दो गर्मीसँगै तनहुँको दमौलीमा बिरामीको सङ्ख्या वृद्धि भएको छ । मौसम परिवर्तनसँगै ज्वरो, टाइफाइड, झाडापखालाका बिरामी बढेका हुन् । गर्मी बढेसँगै सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा बिरामी चाप बढेको छ । यसअघि दैनिक ४०–५० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेकोमा अहिले २०० सम्म बिरामी आउने गरेको अस्पतालका...बाँकी अंश →


भक्तपुर अस्पतालका सबै सेवा ठप्प

भक्तपुर, ४ असार   ,,  वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् । सधँै भीड लाग्ने अस्पताल आन्दोलनका कारण...बाँकी अंश →


गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ४ असार  ,,  सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् ।सो विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको माग गरेका हुन् । भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter