१७ फागुन २०८१

मुख्य खबर

अपाङ्गता भएकालाई बीस लाख सहयोग

दमौली, १६ असार   ,,  नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले अपाङ्गता भएका व्यक्तिलाई रु बीस लाख सहयोग उपलब्ध गराएको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहज गराउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँका व्यक्तिलाई उक्त रकम सहयोग गरिएको जनाइएको छ । ‘नेपालका भूकम्प प्रभावित समुदायमा अपाङ्गता भएका व्यक्तिका लागि सशक्तीकरण र समावेशीकरण...बाँकी अंश →


विषादी प्रयोगले माछा लोप हुँदै

दमौली, १६ असार  ,,  तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उहाँलाई आजभोलि दिनमा एक÷दुई किलो माछा मार्न पनि मुस्किल छ । साँगेखोलामा माछा...बाँकी अंश →


‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुने

काठमाडौँ, १६ असार   ,,  सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी...बाँकी अंश →


विद्यालयमा तालाबन्दी

सिञ्जा, १६ असार  ,,  जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति...बाँकी अंश →


बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न

बैतडी, १५ असार  ,,  यहाँ ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार रोपाइँ हुने कूल क्षेत्रफलमध्ये ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्दा यो वर्ष रोपाइँ ढिला शुरु भएको हो । सिँचाइ सुविधा भएका...बाँकी अंश →


राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश

आर्थिक वर्ष २०७४÷७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रतिवेदन बैठकमा पेश गर्नुभएको हो । उक्त बैठकमा नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकम...बाँकी अंश →


तेत्तीस लाखको अक्षयकोष स्थापना

तनहुँ, १५ असार  ,,  तनहुँको आँबुखैरेनी निवासी समाजसेवी ईश्वर मल्ल र उहाँकी श्रीमती नीलकुमारी मल्लले गोरखा र तनहुँका विद्यालय र मन्दिर गरी नौ संस्थामा रु ३३ लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । गरीब तथा विपन्न वर्गका बालबालिकालाई पठनपाठनतर्फ अभिप्रेरित गर्ने र भक्तजनलाई मन्दिरको उचित संरक्षण गर्ने उद्देश्यले समाजसेवी मल्ल...बाँकी अंश →


पेट्रोल पम्प स्थापनाका लागि मापदण्ड

बुटवल, १३ असार  ,,  प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका राजमार्ग किनारामा पेट्रोलपम्प स्थापनाका लागि मापदण्ड निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको मापदण्डअन्तर्गत राष्ट्रिय राजमार्ग र प्रदेश तथा नगरस्तरीय राजमार्ग किनारामा पेट्रोलपम्प सञ्चालनका लागि भिन्न भिन्न मापदण्ड निर्धारण गरिएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले सडक...बाँकी अंश →


महिलामाथिको आक्रमण ः सिरिञ्ज हैन काँटी

रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै हुनुहुन्थ्यो । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क फर्किंदा मोटरसाइकल भागिसकेको थियो । पछिल्लो केही महीनामा उस्तै प्रकृतिका छ...बाँकी अंश →


बलात्कार अभियुक्त फरार

वीरगञ्ज, १३ असार   ,,  गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जन्ती हेर्न आएकी ती बालिकालाई शुरुमा राकेशले जिस्काएको र पछि जबर्जस्ती करणी गरेको उजुरी परेपछि सो घटना सार्वजनिक भएको हो । पीडित पक्षको बयान...बाँकी अंश →


आक्रमणमा आठ प्रहरी मारिए

१३ असार   ,,  अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् । यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिनु भएको छ । शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका...बाँकी अंश →


विमानस्थलमा सङ्कटकालीन अभ्यासः आधा घण्टा सेवा बन्द हुने

काठमाडौँ, १३ असार   ,,   ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter