१७ फागुन २०८१

मुख्य खबर

क्रिकेट–नेपालद्वारा सिङ्गापुर पराजित

एसिसी यु–१९ पूर्वी क्षेत्र (इस्टर्न रिजन) क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ । मलेशियाको क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गर्दै समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश ग¥यो । पराजित सिङ्गापुर पनि...बाँकी अंश →


एक घर एक धारा बनाउने नीति छ ः मन्त्री मगर

काठमाडौँ, २० असार   ,,  खानेपानीमन्त्री बीना मगरले तराई÷मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाउनु भएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिनुभयो । उहाँले...बाँकी अंश →


हेटौँडा सिमेण्टको उत्पादन शुरु

हेटौँडा, २० असार   ,,  करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिङकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो । उद्योगका महाप्रबन्धक हेमशङ्कर सिंहका अनुसार करीब...बाँकी अंश →


६७ उद्योग कारवाहीमा

काठमाडौँ, २० असार  ,,  नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा,...बाँकी अंश →


खडेरीले धान रोपाइँ प्रभावित

ओखलढुङ्गा, १९ असार  ,,  आकासेपानीमा निर्भर यहाँको खेतीमा योपल्टको लामो खडेरीको असर परेको छ । खडेरीले धान उत्पादन घट्ने भएको छ । अधिकांश ग्रामीण भेगका खेतमा सिँचाइ नहुँदा यहाँका किसान खडेरीको मारमा परेका हुन् । आधा असार सकिँदा पनि जिल्लामा रोपाइँको काम अझै शुरु भएको छैन । विगतका वर्षमा मध्य...बाँकी अंश →


मनाङ्गे नेकपामा

पोखरा, १९ असार   ,,  मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गर्नुभएको छ । नेकपा गण्डकी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङ र नेत्रविक्रम चन्द समूह कास्की जिल्ला सचिवालय सदस्य...बाँकी अंश →


सिकारीटारका भूकम्पपीडित भन्छन्– ‘पुनःनिर्माणले हामीलाई सुकुम्बासी बनायो’

भक्तपुर, १९ असार   ,,  विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्पपीडितले पुनःनिर्माणले आफूहरुलाई सुकुम्बासी बनाएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आज सूर्यविनायक नगरपालिका– ४ सिकारीटारमा आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका बासिन्दाले यस्तो गुनासो...बाँकी अंश →


रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न आग्रह

चितवन, १९ असार   ,,  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो । यही जेठ १५ गते रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले काम...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको छ...बाँकी अंश →


स्थानीय तहमा करीब साढे चार लाखको आवेदन

काठमाडौँ, १८ असार   ,,  स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख...बाँकी अंश →


एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

भक्तपुर, १८ असार  ,,  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा...बाँकी अंश →


क्रिकेट–नेपालले चीनलाई हरायो

काठमाडौँ, १८ असार  ,,  एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter