१७ फागुन २०८१

मुख्य खबर

हङकङलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौँ, २४ असार   ,,   नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि सन् २०१७...बाँकी अंश →


सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

लमही, २४ असार   ,,  दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२÷१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२÷१२ वर्ष कैद फैसला सुनाएको हो...बाँकी अंश →


प्रदूषण जाँच हुँदैन सवारी साधनको

काठमाडौँ, २३ असार  ,,  देशभर चल्ने सवारी साधनमध्ये ज्यादै कमको मात्रै प्रदूषणको जाँच हुने गरेको पाइएको छ । एकातिर देशको एक मात्रै ‘भेहिकल फिटनेस सेन्टर’(सवारी जाँच केन्द्र)मा सीमित सवारी साधनको मात्रै जाँच भइरहेको छ भने अर्कातिर यातायात व्यवस्था कार्यालयले सामान्य जाँचसमेत नगरी सवारीसाधन नवीकरण गरिरहेका छन् । टेकुस्थित सेन्टर नेपालको...बाँकी अंश →


आर्थिक कूटनीतिकलाई प्राथमिकतामा राखिएको छ – मन्त्री ज्ञवाली

काठमाडौँ, २३ असार  ,,  परराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले सरकारको एक्लो प्रयासबाट मात्र नभई सबैको सहयोगमा मुलुकको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध निर्भर रहने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत परराष्ट्र मन्त्रालयको विभिन्न शीर्षकमा सांसादहरूले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । पराष्ट्रमन्त्री ज्ञवालीले...बाँकी अंश →


सडक २५ मिटर फराकिलो हुन्छ

हेटौँडा, २३ असार  ,,  हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने सडक विभागको निर्णयपछि यसक्षेत्रमा सबैले आ–आफ्नो धारणा राख्न थालेका छन् । सडक विभागले गत असार ७ गते सडक सीमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि यस विषयमा आम हेटौँडावासीको ध्यान खिचिएको छ । डिभिजन सडक कार्यालय मकवानपुरले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन...बाँकी अंश →


देशभर मनसुन सक्रिय

काठमाडौँ, २३ असार  ,,  मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त...बाँकी अंश →


वर्षांैपछि नुवागाउँमा खानेपानी

जाजरकोट, २३ असार  ,,  वर्षांैदेखि खानेपानी अभाव झेल्दै आएका भेरी नगरपालिका–१० नुवागाउँका स्थानीयवासी आफ्नो घरघरमा खानेपानी आएपछि खुशी भएका छन् । पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा जाजरकोट) कार्यक्रमबाट रु छ लाख ४९ हजारको बजेटबाट दुई वटा मुहान संरक्षण गरी नुवागाउँ खानेपानी योजना निर्माण तथा मुहान संरक्षण भएपछि स्थानीयवासी...बाँकी अंश →


ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनमाथि दफाबार छलफल

काठमाडौँ, २२ असार  ,,  प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ (पहिलो संशोधन) माथि दफावार छलफल शुरु भएको छ । उक्त मितिको आज सिंहदरबारमा बसेको बैठकमा ज्येष्ठ नागरिकको परिभाषा, उनीहरुको सुरक्षा र ज्येष्ठ नागरिकका लागि आवश्यक व्यवस्थाका सम्बन्धमा दफाबार छलफल शुरु...बाँकी अंश →


सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित

सप्तरी, २२ असार  ,,  एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ । एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्र्रियामा जोड दिइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण...बाँकी अंश →


काठमांडौमा भुकम्पको ठुलो धक्का

शमशाद आदिल आज फेरी उपत्यकामा भूकम्पको धक्का महसूस भएको छ । भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको छ । ४ बजेर १५ मिनट गएको भूकम्पले काठमाडौंमा फेरी त्रासदी छाएको छ । विशेष गरि तराई बाट काठमाडौमा रहेका विद्यार्थीहरू मा भय सृजना भएको छ । जनधनको...बाँकी अंश →


तीन सय हजयात्री थप लैजाने प्रयासमा हज समिति

शमशाद आदिल, असार-१४ केयरखबर ,काठमाडौं यस वर्ष२०७६ मा मुस्लिम धर्मावलम्बीहरू लाई हज गर्नको लागि तीन सय जना थपेर हजयात्रामा लैजान प्रयास हुदैछ । १२सय हजयात्रीहरूको उड़ान मिति सहित नामावली सार्वजनिक गरेको नेपाल हज समितिले थप तीन सय जना लैजाने गृहकार्य भई रहेको जानकारी दिएको छ। साउदी सरकारका हज मन्त्रालयले हिजो...बाँकी अंश →


बोको हरामको आक्रमण सेनाद्वारा विफल

अबुजा, २० असार   ,,  नाइजेरियाली सेनाले आतंकवादी संगठन बोको हरामका लडाकूले सैनिक शिविरमा गरेको आक्रमणलाई विफल तुल्याएको जनाएको छ । नाइजेरियाको बोर्नो राज्यमा बोको हरामले बिहीबार राति आक्रमण गरेका थिए । सेनाको जवाफी कारबाहीमा ठूलो संख्यामा बोको हरामका लडाकूहरु मारिएको पनि सेनाले दाबी गरेको छ । सेनाका ब्रिगेडियर जनरल बुलामा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter