परासी, २६ असार ,, पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवै आगो लगाएको सङ्गठित अपराध...बाँकी अंश →
ललितपुर, २६ असार ,, ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना दिनानुदिन बढ्दै गएको छ । ललितपुरमा सुगमभन्दा बढी विकट क्षेत्र रहँदा सचेतना अभावका कारण यस्ता घटना बढ्दै गएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले बिहीबार आयोजना गरेको ‘ललितपुरमा मानवअधिकारको अवस्था’ विषयक कार्यक्रमा सहभागीले यस कुराको जानकारी गराएका हुन् । इन्सेक...बाँकी अंश →
एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा नेपालले हङ्कङलाई...बाँकी अंश →
काठमाडौँ, २५ असार ,, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराउनुभएको छ । आज बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार भोजपुर नगरपालिका–७...बाँकी अंश →
दाङ, २५ असार ,, तुलसीपुर उपमहानगरपालिका–७ का ७५ वर्षीय खुमानन्द अधिकारी प्रत्येक मङ्गलबार बिहान कम्तीमा दुई किलोमिटर पैदल हिँडेर तुलसीपुर पुग्नुहुुन्छ । दुई किलोमिटर पैदल हिँड्नु उहाँको बाध्यता र रहर होइन, सरसफाइ कार्यक्रममा सहभागी हुन उहाँ तुलसीपुर आउने गर्नुहुन्छ । सफाइ कार्यक्रममा एक घण्टा खट्नुहुन्छ र फेरि पैदलै हिँडेर घर...बाँकी अंश →
दमास्कस, २५ असार ,, सिरियाको पूर्वी क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ । डायर अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो । टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त बारुदी सुरुङ आतंकवादी संगठन इस्लामिक स्टेटले बेबारिसे अवस्थामा...बाँकी अंश →
मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई÷तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति...बाँकी अंश →
चिप्लेढुङ्गा, २५ असार ,, विभिन्न कारणले हिंसामा परेर कष्टकर जीवन बिताउन बाध्य महिलाको सहज जीवनयापनका लागि गण्डकी प्रदेशमा सुरक्षित आवास गृह निर्माण थालिएको छ । विभिन्न सरोकारवाला निकायले पटकपटक उक्त आवासगृहका लागि दबाब र ध्यानाकर्षण गराउँदै आएकामा सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा रु एक करोडको लागतमा उक्त...बाँकी अंश →
चितवन, २५ असार , , वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात÷आठ...बाँकी अंश →
काभ्रेपलाञ्चोक, २५ असार ,, पर्यटकीय नगरी धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको छ । ‘हेल्दी सिटी’को अवधारणालाई अघि बढाउन तथा नगरको समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट धुलिखेल नगरपालिकाभित्रको समग्र स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने नपा स्वास्थ्य संयोजक सन्दीप...बाँकी अंश →
काठमाडौँ, २४ असार ,, कीर्तिपुर नगरपालिका–६ मा रहेको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक दृष्टिले महत्वपूर्ण टौदहको पहिचान समाप्त पार्न खोजिएको भन्दै संरक्षणका लागि स्थानीयवासीले माग गरेका छन् । स्थानीयवासीले पुरातत्व विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा टौदह संरक्षणको माग गर्दै निवेदन दर्ता गराएका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा...बाँकी अंश →
काठमाडौँ, २४ असार ,, प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने विषयमा सहमति नजुटेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगन गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत आज १५ मिनेटपछि बस्ने गरी स्थगित बैठक विशेषकारणवश बस्न नसक्ने भएकाले अर्को मिति तय भएको जानकारी दिनुभयो । त्यसअघि संघीय संसद्...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: