१७ फागुन २०८१

मुख्य खबर

सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन आग्रह

काठमाडौँ, ३० असार  ,,  नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै...बाँकी अंश →


कुलेखानी बाँधको ढोका नखोलिने

हेटौँडा, ३० असार  ,,  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ । ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो...बाँकी अंश →


बाढी, पहिरो, डुबानको विपद्मा सहयोग गर्न सभामुखको अपिल

काठमाडौँ, ३० असार  ,,  सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गर्नुभएको छ । सभामुख महराले आज जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा...बाँकी अंश →


प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, ३० असार प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगन गर्नुपरेको सूचनामा जनाइएको छ । प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित...बाँकी अंश →


मनसुन अझै सक्रिय ः भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

काठमाडौँ, ३० असार  ,,  मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन...बाँकी अंश →


बाढीपहिरोमा परेर मर्नेको सङ्ख्या ४३ पुग्यो/विपदमा जुटे सुरक्षाकर्मी; हेलिकप्टरसहित सेना फिल्डमा, ३० हजार प्रहरी परिचालन

काठमाडौं-अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिए । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिए। अहिलेसम्म एक हजार सयौंको...बाँकी अंश →


अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने

काठमाडौँ, २७ असार  ,,  अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले बताउनुभएको छ । अपराध अनुसन्धान कार्ययोजनाअन्तर्गत सम्पादन भएका कार्यको आज समीक्षा बैठकमा उहाँले अपराध अनुसन्धानको क्षेत्रमा अभाव भएका योजनालाई उक्त कार्ययोजनाले पूरा गरेको उल्लेख गर्दै अपराध अनुसन्धानको चुनौती...बाँकी अंश →


घुस लिएको अभियोगमा डिएफओ पक्राउ

सुर्खेत, २७ असार  ,,  डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रु चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो । आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट रु चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको...बाँकी अंश →


विदेशीको नगद लुटपाट

काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ । उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त...बाँकी अंश →


नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन बन्द

बाँके, २७ असार  ,,  नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् । प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन शुरु गरिएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्लाष्टिक...बाँकी अंश →


विश्व बैंकद्वारा रु एघार अर्ब सहयोग

काठमाडौँ, २७ असार  ,,  विश्व बैंकले वित्तीय सङ्घीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई रु ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस एच हादादजार्भोस र अर्थसचिव लालशङ्कर घिमिरेले अर्थ मन्त्रालयमा आज हस्ताक्षर गर्नुभयो । नेपाल...बाँकी अंश →


ब्रेनट्युमर रोगबाट पीडित भुसाललाई सहयोग

बेझाड , २७ असार   ,,  ब्रेनट्युमर रोगबाट पीडित बनेका एक युवकलाई प्रवासी नेपालीले उपचारमा सहयोग गरेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–८ बस्ने ब्रेनट्युमर रोगले ग्रसित ३५ वर्षीय हरि भुसालको उपचारका लागि अमेरिकामा बसोबास गर्दै आएका प्रवासी नेपालीले उपचारमा सहयोग गरेका हुन् । सोही गाउँपालिका–९ घर भई हाल रोजगारीको सिलसिलामा अमेरिकामा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter