वीरगञ्ज, ५ साउन ,, लहलहाउँदो धानको बेर्ना देख्दा जानकी टोलका किसान रामसेवकको खुशीको सीमा थिएन । यसपालिको धान राम्रो उब्जेला भनेर उहाँ मनमनै दङ्ग हुनुहुन्थ्यो तर त्यो खुशी धेरै दिनसम्म टिक्न सकेन कारण थियो– ओरिया खोलामा आएको बाढी । हालै आएको बाढीले रामसेवकको १० कट्ठामा लगाएको लहलहाउँदो बेर्ना बगायो ।...बाँकी अंश →
काठमाडौँ, ५ साउन ,, नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका...बाँकी अंश →
काठमाडौँ, ५ साउन ,, बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो...बाँकी अंश →
बर्दिवास, ५ साउन ,, महोत्तरीका बाढी र डुबानपीडित परिवारलाई अहिले शुद्ध खानेपानी, झुल र टर्चलाइट पहिलो आवश्यकता खट्किएको छ । प्रभावितलाई दिइने राहत प्याकेजमा खानेपानी, झुल र टर्चलाइटको व्यवस्था नछुटाउन यहाँका बुद्धिजीवीले सम्बद्धपक्षलाई सुझाएका छन् । अहिले विभिन्न बस्तीमा राहत लिएर पुग्ने क्रम बढेसँगै जिल्लाका बुद्धिजीवीले खानेपानी, झुल र टर्चलाइट...बाँकी अंश →
नेपालको अधिकांश भागमा पाइने वनस्पति हो तितेपाती । तितेपाती बास्नादार त हुन्छ नै यसले धेरै किसिमका औषधीय गुण पनि बोकेको हुन्छ । पूजाआजाका साथै चर्म रोगलगायतका बहुउपयोगी तितेपाती यतिखेर विषाक्त झार पार्थेनियम (गाजरे झार)को मिचाइमा पर्दैगएको छ । तितेपाती देखिने अधिकांश ठाउँमा यतिखेर पार्थेनियम झाँगिएको पाइन्छ । पछिल्ला अध्ययनअनुसार नेपालका...बाँकी अंश →
तनहुँ, ५ साउन ,, तनहुँ जिल्लाका सात हजार ८३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणमा १० स्थानीय तहका सात हजार ८३५ घरधुरीको सर्वेक्षण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान...बाँकी अंश →
तनहुँ, ५ साउन ,, तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित खुदीखोलामा दुई ह््युमपाइप राखेर कल्र्भट निर्माण गरेपछि स्थानीयवासी खुशी भएका छन् । वर्षायामको समयमा खोलाले मानिस बगाउनुका साथै वारपार गर्नसमेत कठिनाइ भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा कल्र्भट निर्माणपछि खुशी भएका हुन् । बन्दीपुर गाउँपालिकाको रु १४ लाखको लागतमा सुखौरा र शेरा जोड्ने...बाँकी अंश →
कञ्चनपुर, ५ साउन ,, संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई पानी खुवाउन सहजता प्रदान गर्न सामुदायिक वनको भित्री र बाह्य क्षेत्रमा गरी दुई ताल निर्माण गरिएका हुन् । दुईवटै पोखरी निर्माण गर्नका लागि सामुदायिक वन र...बाँकी अंश →
काठमाडौँ, ५ साउन ,, प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका इन्चार्ज माइला लामालाई काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको छ । राजधानीको विभिन्न स्थानमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेका लामालाई विशेष सूचनाका आधारमा गए राति १२ः२० बजेको समयमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक...बाँकी अंश →
खोटाङ, ३ साउन ,, मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । अहिले मनसुन देशभरि नै सामान्य सक्रिय...बाँकी अंश →
रुपन्देही, ३ साउन ,, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने सरकारको योजना रहेको...बाँकी अंश →
रोल्पा, ३ साउन ,, सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून बनाउनुपर्ने सुझाव दिएका हुन् । युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले बिहीबार सुर्खेतको बराहताल गाउँपालिकामा आयोजना...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: