१६ फागुन २०८१

मुख्य खबर

५६ प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर, ९ साउन  ,,   प्रदेश नं १ मा अहिलेसम्ममा ५६.७४ प्रतिशत धान रोपाइँ सकिएको छ । साउन महीनाको दास्रो सातासम्ममा प्रदेश नं १ का तराईका जिल्ला सुनसरी, मोरङ र झापामा ८० प्रतिशत र पहाडमा धान रोपाइँ हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सकिएको कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले जानकारी दिनुभयो...बाँकी अंश →


पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । पहिरो पन्छाउने क्रममा आज बिहान वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता लुम्पेक, सिङ्दीकी ४० वर्षीया माया...बाँकी अंश →


लक्ष्यभन्दा बढी राजश्व सङकलन

तुलसीपुर, १० साउन   ,,  घोरही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा रु १९ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकामा उपमहानगरले रु २१ करोड १८ लाख ७७ हजार ५३५ राजश्व सङ्कलन गरेको हो ।उपमहानगरले विभिन्न १६७ शीर्षकमध्ये सबैभन्दा बढी मालपोतबाट रु नै करोड...बाँकी अंश →


‘प्रदेश नं २ स्वास्थ्य र शिक्षाको अवस्था कहालिलाग्दो’

जनकपुरधाम, ९ साउन  ,,  उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताउनुभएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडाँै उपत्यकाका अस्पतालहरूमा पनि प्रदेश नं २ कै बिरामीको चाप अधिक...बाँकी अंश →


ओढारमा लुकाई राखिएको १६ किलो सुन बरामद

गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो) सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । “यति नै...बाँकी अंश →


छुरा हान्ने नौ पक्राउ

भद्रपुर, ९ साउन  ,,  झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५÷३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो । छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो...बाँकी अंश →


सांसदको तलब सङ्घसंस्थालाई

दमौली, ९ साउन  ,,  सांसदमा निर्वाचित भएपछि आफूले पाउने तलबभत्ता सङ्घसंस्थालाई उपलब्ध गराउने प्रतिबद्धताबमोजिम सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी आमा समूहलाई रु ५० हजार सहयोग गर्नुभएको छ । सांसद श्रेष्ठले उक्त रकम आज बन्दीपुरमा आमा समूहका अध्यक्ष शोभा गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । आमा समूहले भवन...बाँकी अंश →


वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने

दमौली, ९ साउन  ,,  वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरीद गरेको हो...बाँकी अंश →


दाङमा चार लाखभन्दा बढी बिरुवा रोपियो

दाङ, ९ साउन   ,,  दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका तुलसीपुर, घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो । डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केही व्यक्तिले...बाँकी अंश →


अझै आइपुगेन ‘मास प्रिन्टर’

काठमाडौँ, ९ साउन  ,,  ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ । तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा...बाँकी अंश →


वर्षा र पहिराले सडक सम्पर्क टुट्यो

बलेवा, ९ साउन   ,,   केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकाम र छिमेकी गाउँपालिका तथा नगरपालिका जोड्ने सडक पहिराले अवरुद्ध भएपछि बरेङमा सडक...बाँकी अंश →


रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घद्वारा सहयोग

चितवन, ९ साउन   ,,  धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter