१५ फागुन २०८१

मुख्य खबर

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

रत्नननगर, १४ साउन  ,,   जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डित रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । जिल्ला...बाँकी अंश →


खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुवस्तु मर्न थाले

हुम्ला, १४ साउन   ,,  एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ । जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको...बाँकी अंश →


तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुलीको पहँुच

तनहुँ, १२ साउन  ,,  आर्थिक बर्ष ०७५÷७६ सम्म तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले एक हजार नयाँ घरधुरीमा बिजुली विस्तारपश्चात् जिल्लाको ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको हो । बाँकी १५ प्रतिशत घरधुरीमा पनि छिट्टै बिजुली विस्तार गरी विद्युत् पहुँच पु¥याउने...बाँकी अंश →


रु ३८ अर्ब राजश्व सङ्कलन

विराटनगर, १२ साउन  ,,  विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार राजश्व सङकलन गरेको छ । रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो भन्सार कार्यालयले उक्त अवधिमा लक्ष्यको तुलनामा रु चार अर्ब...बाँकी अंश →


व्यावसायिक दूध उत्पादन

रुकुमपूर्व, १२ साउन  ,,  मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक भूमे गाउँपालिकास्थित खाबाङमा व्यावसायिक रुपमा दूध उत्पादन शुरु गरेको छ । सहकारीले बुटवलबाट पाँच लाख ५० हजारमा पाँच वटा जर्सी गाई खरिद गरी दूध उत्पादन तथा बिक्री वितरण शुरु गरेको हो । बुटवलबाट माऊ गाई पाँच, एउटा बहर र...बाँकी अंश →


बिरुवाबाट मनग्य आम्दानी

जाजरकोट, १२ साउन  ,,  जाजरकोट कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गर्नुभएको छ । पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उहाँले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गर्नुभएको हो । नलगाड...बाँकी अंश →


इमाडोल–लामाटार सडक विस्तार सुस्त

काठमाडौँ, १२ साउन  ,,  इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक विस्तार र निर्माणको काम सुस्त छ । यस सडकमा निर्माणको काम शुरु भएको चार वर्षपछि अहिले झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै भौतिक प्रगति रहेको पाइन्छ । काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका...बाँकी अंश →


राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित

काठमाडौँ, १२ साउन  ,,  राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने...बाँकी अंश →


सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन ः यादव

काठमाडौँ, १२ साउन  ,,  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरलाई वर्तमान सरकारले पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उहाँले जनताको अपेक्षाबमोजिम यो सरकारले अझै परिवर्तनकारी काम गर्न नसकेको बताउनुभयो । संयोजक...बाँकी अंश →


कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प

खलङ्गा, १२ साउन  ,,  कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो...बाँकी अंश →


महिला उद्यमीलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने

चिप्लेढुङ्गा, १२ साउन  ,,  गण्डकी प्रदेशका महिला उद्यमीले महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास उपसमितिले आयोजना गरेको गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत् भेलामा सहभागी महिला उद्यमीले व्यवसाय विस्तार र नयाँ सम्भावना खोजीका विषयमा केन्द्रित विषय विज्ञ बीचको छलफलमा उनीहरुले सो...बाँकी अंश →


रङ्गशाला निर्माणाका लागि महानगरका कर्मचारी र जनप्रतिनिधिद्वारा सहयोग

रत्ननगर, १२ साउन  ,,  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस¬–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हाजर सहयोग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । महानगरपालिकाका २९ वटै वडाका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter