१५ फागुन २०८१

मुख्य खबर

भौतिक पूर्वाधार मन्त्रालयको प्रगति ७७ प्रतिशत

धनगढी, १५ साउन  ,,  सुदुरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा रु सात अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । यो मन्त्रालयअन्तर्गत विनियोजित कूल बजेटको ७७ प्रतिशत रहेको हो । गत आर्थिक वर्षमा सो मन्त्रालयका लागि रु १० अर्ब चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो...बाँकी अंश →


मानव बेचबिखन : मुद्दा चलाउनै समस्या

वीरेन्द्रनगर, १५ साउन   ,,  मानव बेचबिखनका मुद्दा चलाउनै समस्या हुने गरेको मानवअधिकारकर्मीहरुले बताएका छन् । बेचबिखनमा संलग्न दलालहरुले नयाँ शैली अपनाउन थालेपछि मुद्दा चलाउन समस्या भएको उनीहरुको भनाइ छ । अन्तरर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसर पारेर न्यायमा पहुँच कार्यक्रमको आर्थिक सहयोगमा आवाज र सुन्दर नेपाल संस्थाले वीरेन्द्रनगरमा आयोजना गरेको...बाँकी अंश →


नाराबाजीले प्रतिनिधिसभाको बैठक अवरुद्ध

काठमाडौँ, १५ साउन  ,,  सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी ९राजपा० ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाउनुभएको थियो । सांसदहरुले विरोध गरिरहेकै...बाँकी अंश →


अर्थ उपार्जनको माध्यम बन्यो कबुलियती वन

बनेपा, १५ साउन  ,,   पाँचखाल नगरपालिका–९ आँपचौरमा रहेको ‘सिरिसघारी कबुलियती वन उपभोक्ता समूह’ त्यहाँ आबद्ध रहेका सदस्यहरुको अर्थ उपार्जनको माध्यम बनेको छ । डिभिजन वन कार्यालयको सहयोगमा स्थानीय बासिन्दाको सक्रियतामा २०५१ सालमा दर्ता भएर सबैको सामूहिक प्रयासमा काम अगाडि बढाएपछि अहिले त्यहाँका बासिन्दाको जीवनमा नै सुधार आएको उहाँहरु बताउनुहुन्छ ।...बाँकी अंश →


घरवासमा पर्यटक घटेपछि व्यवसायी मर्कामा

लमजुङ, १५ साउन   ,,  पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’...बाँकी अंश →


वर्षात्ले घर भत्किँदा पालमुनि बास

डोटी, १५ साउन  ,,  लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयवासीको घर भत्किएको छ । प्रहरी चौकी डौडले दिएको जानकारीअनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो । वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले बिचल्लीमा परेको छ । घर भत्किएपछि उहाँको नौ...बाँकी अंश →


बालिका बलात्कार गर्ने दुई पक्राउ

परासी, १५ साउन  ,,  ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई...बाँकी अंश →


बालिका बलात्कार गर्ने दुई पक्राउ

परासी, १५ साउन  ,,  ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई...बाँकी अंश →


किसानमुखी आर्थिक एवं मौद्रिक नीतिको माग

काठमाडौँ, १४ साउन  ,,  अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले कृषिका लागि सबै बैंकले लगानीको १० प्रतिशत ऋण किसानलाई दिनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । सांसद...बाँकी अंश →


शेयर बजारः नेप्से बढ्यो, कारोवार घट्यो

विराटनगर, १४ साउन  ,,  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून...बाँकी अंश →


चितुवाको छालासहित दुई पक्राउ

धनगढी, १४ साउन  ,, कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बड्डीकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिकाका रामबहादुर विष्ट रहेका छन् । चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले...बाँकी अंश →


कृषिमा क्रान्ति ल्याउने गरी काम गर्न मुख्यमन्त्रीको जोड

हेटौँडा, १४ साउन  ,,  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अबको चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा जोड भएको छ । प्रदेश ३ सरकार र कृषि विकास बैंकबीच आज हेटौँडामा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले कृषिमा प्रगति गर्न सामूहिक खेतीमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । बिरूवा रोप्दा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter