चीन र पाकिस्तान संग भारत भन्दा बढी आणविक हतियार भएको कुरा विश्वको प्रमुख युध्द र सामरिक अध्यन समूहले जारी गरेको प्रतिवेदनमा खुलासा गरिएको छ । स्टकहोम स्थित अन्तर्राष्ट्रीय शान्ति अध्यन संस्थान (SIPRI) ले आफ्नो 2020 को वार्षिक किताबमा चीन संग 320, पाकिस्तान संग 160 र भारत संग 150 आणविक हतियारहरू...बाँकी अंश →
लकडाउन खुलेको १ महिनासम्म कर बुझाउने म्याद दिनू भन्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न भन्दै सरकारले दिएको निवेदन खारेज भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयूक्त इजलासले सरकारको उक्त निवेदन खारेज गरेको हो। यो सँगै अब करदातालाई लकडाउन खुलेको १ महिनासम्म कर बुझाउन अवधि पाउने वातावरण...बाँकी अंश →
सरकारले विदेश जाने व्यक्तिहरूको कोरोनाभाइरस परीक्षण गर्न राजधानीका तीन वटा अस्पताललाई तोकेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विदेश जानुपर्ने वा निरोगिताको प्रमाणपत्र चाहिए वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा नमूना संकलन गर्न सुझाएका छन्। यी तीन वटै अस्पतालमा पिसिआर विधिबाट कोरोनाभाइरसको परीक्षण हुँदै आएको छ। यसअघि जुनसुकै...बाँकी अंश →
प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसईईको विकल्पमा जान कोरोना महामारीको परिस्थितिले उत्प्रेरित गरिरहेको बताएका छन्। शैक्षिक सत्र २०७६ को एसईई परीक्षा कोरोना महामारीले स्थगित भएको दुई महिनापछि सरकारले हालै आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। सोमबार प्रधानमन्त्री ओलीले वैकल्पिक विधिबाट विद्यार्थीको पठनपाठन सुरूवात भएको घोषणा गर्दै...बाँकी अंश →
समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले अर्थतन्त्र धरासयी बन्दै गएको बताएका छन्। कोरोना महामारीले झन् मुलुकको अर्थतन्त्र थप संकटतर्फ धकेलेको भट्टराईले बताए। सोमबार गृह जिल्ला गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले प्रधानमन्त्री र अर्थमन्त्रीको आलोचना गरे। ‘आफू पनि नजान्ने अरूले भनेको पनि नमान्ने गर्नाले अर्थतन्त्र धरासयी भयो,’ उनले भने, ‘कोरोना महामारी...बाँकी अंश →
प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन्। शनिबार नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उनले अब भारतसँग वार्ता गरेर अगाडि बढ्ने बताए। प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सर्वसम्मत मत देखिनु...बाँकी अंश →
समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धी गर्दा राष्ट्रघात भएकोले जनतासँग कांग्रेस-कम्युनिष्टले माफी माग्नुपर्ने बताएका छन्। महाकाली सन्धी हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै उनले त्यसबेला सांसद हुने र नेतृत्व गर्नेहरूले सुगौली सन्धीभन्दा पनि पछि हटेर महाकाली सन्धी गरेकोले माफी माग्नुपर्ने यादवको भनाइ छ। शनिबार प्रतिनिधिसभा संसदमा संविधान संशोधन...बाँकी अंश →
शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन। समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर...बाँकी अंश →
यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो। सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो। यस सम्बन्धमा...बाँकी अंश →
सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरण...बाँकी अंश →
पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा भिडिओ राखेर एउटा अपिल गरिन्। अपिलमा बिहीबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडि बिहान ११ बजेदेखि हुन गैरहेको शान्तिपूर्ण प्रदर्शनबारे जानकारी र सहभागिताको अनुरोध थियो। मोनिकाको अपिलजस्तै फेसबुकमा सल्लाह गरेर युवाहरू बिहीबार देशका विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिए। कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१...बाँकी अंश →
२७ जेठ, काठमाडौं । भारतले अतिक्रमण गरेको लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फर्काउन प्रतिनिधिसभामा उपस्थित दलहरु सरकारको पक्षमा उभिएका छन् । र, संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ । संशोधन विधेयकमाथि मंगलबार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: