१४ फागुन २०८१

मुख्य खबर

कमरेडहरूलाई दुई तिहाइको सरकार नपचे जस्तो छ: बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई लक्षित गर्दै दुई तिहाई बहुमतको सरकार कमरेडहरूलाई नपचे जस्तो छ भन्ने टिप्पणी गरेका छन्। नेकपामा प्रधानमन्त्री र अध्यक्ष पदबाट केपीशर्मा ओलीले राजीनामा दिनुपर्ने दवावपछि विकसित राजनीतिक घटनाक्रम र संसद अधिवेशन अन्त्य भएका बेला पूर्वप्रधानमन्त्री भट्टराईले उक्त टिप्पणी गरेका हुन्। ‘कुनैकुनै प्राणीलाई...बाँकी अंश →


स्थायी समिति बैठक फुटको प्लेटफर्म बन्न सक्छ-प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक पार्टी फुटको प्लेटफर्म बन्न सक्ने खतरा रहेको बताएका छन्। नेकपा स्थायी समितिको बिहीबारको बैठकमा प्रचण्डले पार्टी एकता गम्भीर संकटमा परेको बताएका थिए। पार्टी स्थायी समिति बैठक चलिरहँदा सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। त्यसपछि बैठक केहीबेरका लागि स्थगित गरेर प्रचण्डले...बाँकी अंश →


नेकपा एमाले नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन, प्रचण्डले मागे ओलीसँग जवाफ

नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो। उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेता/कार्यकर्ताको संलग्नता रहे/नरहेकोबारे आजको...बाँकी अंश →


प्रधानमन्त्रीलाई बाबुराम भट्टराईको प्रश्न- षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला किन नगरेको?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले षड्यन्त्र गर्ने राजदूतलाई किन प्रधानमन्त्रीले स्पष्टिकरण सोध्न नसकेको भन्दै प्रश्न गरेका छन्। नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएका थिए। मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले षड्यन्त्र गर्ने राजदूतसँग किन...बाँकी अंश →


नेकपा स्थायी समिति बैठक: माथि बस्ने सचिवालय सदस्य तल झरे, प्रधानमन्त्री सहभागी

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको नेकपा स्थायी कमिटि बैठकमा स्थायी समिति सदस्यरुले आफ्ना धारणा राख्नेछन्। आजको बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुने बताइएको छ। यसअघि तीन दिनसम्म सिमा समस्याबारे छलफल भएको थियो। स्थायी समिति सदस्यहरुले प्रधानमन्त्रीले दिएका अभिव्यक्तीबारे जानकारी माग्ने तयारी समेत गरेका छन्। आइतबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले...बाँकी अंश →


सफल भएन स्वास्थ्य मन्त्री ढकालको दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने योजना

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने प्रतिवद्दता जनाएपनि त्यो पूरा नहुने भएको छ। संक्रमित संख्या बढ्दै गएको भन्दै मन्त्री ढकालले असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण गर्ने प्रतिवद्दता जाहेर गरेका थिए। गत दुई दिनको परीक्षण संख्या...बाँकी अंश →


चीनले नेपाली भूमि मिचेकाे प्रतिवेदन बनाउने काे हाे? अनुसन्धान हुँदैछ, कारबाही गर्छाैं: मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले, कहाँ बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन्। साेमबार राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। उनले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी...बाँकी अंश →


नेकपा बैठक तेस्रो दिन: सीमा विवाद अन्तर्राष्ट्रियकरण नगर्न सुझाव, कारबाहीप्रति क्षमा माग्न वामदेवको माग

काठमाडौँ – नेकपाका उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि राष्ट्रहित विपरीत रहेको भन्दा आफूमाथि कारबाहीबारे पार्टीले क्षमा याचना गर्नुपर्ने माग गरेका छन्। स्थायी समिति बैठकमा नेता गौमलले तत्कालीन एमालेभित्र आफूले जायज कुरा उठाए पनि आफूमाथि अन्याय गरिएको भन्दै नेतृत्वले क्षमा माग्नुपर्ने बताएका हुन्। नेकपाका जारी स्थायी समिति बैठकमा सीमा विवादबारे बिहीबार...बाँकी अंश →


अख्तियारको क्षेत्राधिकार बढाउने गरी तयार भएको विधेयक अघि नबढाउन नेकपा सहमत

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभामा पेस भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसम्बन्धी विधेयक तत्काल अघि नबढाउन सहमत भएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले अख्तियारले बैंकलगायत निजी क्षेत्रको भ्रष्टाचार पनि छानबिन गर्न पाउने गरी आएको विधेयकको सर्वत्र आलोचना भएको बताए। संविधानले...बाँकी अंश →


इस्लामिक राष्ट्रहरूको संगठन OIC ले दियो भारतलाइ झट्का: बी बी सी

भारत र चीन बीच तनाव जारी रहेको बेला इस्लामिक राष्ट्रहरूको संगठन OIC ले भारत संग जम्मू कश्मीरको पुरानो हैसियत बहाल गर्न र नागरिक्ता सम्बन्धी नयां नियम खारेज गर्न माग गरेको कुरा बी बी सी ले जनाएको छ । हालै OIC को सम्पर्क समूहको विदेशमन्त्रीहरूको आपातकालीन बैठकमा प्रस्ताव पारित गरिएको छ...बाँकी अंश →


अख्तियारको ‘राडार’मा तानियो निजी क्षेत्र, राष्ट्रिय सभाबाट अख्तियार विधेयक पारित हुँदै

अख्तिययार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमाथि पनि भ्रष्टाचारको अनुसन्धान गर्न पाउने गरी कानुन तयार भएको छ। राष्ट्रिय सभाले निजी क्षेत्रमाथि समेत अख्तियारले अनुसन्धान गर्न सक्नेगरी अख्तियार दुरूपयोग अनुसन्धान ऐन पारित गर्ने तयारी गरेको हो। मंगलबारको राष्ट्रियसभा बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन पारित गर्ने कार्यसूची छ। सरकारले संसदमा अख्तियार ऐन...बाँकी अंश →


लद्दाखमा चिनियाँ सैनिकसँगको झडपमा एक कमाण्डरसहित तीन भारतीय सैनिकको मृत्यु

भारतको लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ। सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 'गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा हिंसात्मक झडप...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter