१३ फागुन २०८१

मुख्य खबर

हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा मलंगवामा कर्फ्यू

जनकपुरधाम– सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाइएको छ। शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं‍ ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद सुरु भएको थियो। बाटोमा मुस्लिम समुदायको बस्तीको मस्जिद...बाँकी अंश →


विरोध प्रदर्शनका क्रममा संविधान जलाइएपछि धनुषाको सबैलामा प्रहरीको लाठीचार्ज

जनकपुरधाम– संविधान दिवसको अवसरमा जनकपुरधाममा केही युवाहरुले संविधान जलाएका छन्। शनिबार संविधान दिवसको अवसरमा जनकपुरधाममा कोहीले संविधान दिवस मनाएका छन् भने केहीले ‘कालो दिन’ मनाएका छन्। मधेशवादी दलले संविधानप्रति असन्तुष्टि जनाउँदै संविधान जारी भएपछि प्रत्येक वर्ष तराई मधेशका जिल्लामा कालो दिवस मनाउँदै आएका छन्।   यसवर्ष भने जनकपुरधाममा संविधान दिवस...बाँकी अंश →


‘संकीर्णता छाडेर मुलुक विकासमा लागौँ, विकसित मुलुक पनि दशकअघि हाम्रै हालतमा थिए’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका संकीर्णता छाडेर अब मुलुक विकासमा लाग्न आग्रह गरेका छन् । संविधान दिवसका अवसरमा आज देशबासीका नाममा टुँडिखेलबाट विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकसित मुलुकहरू पनि दशकअघि विकासकै शिलशिलामा थिए भन्ने स्मरण गराए । ‘केही दशकअघि विकसित मुलुकको हालत पनि हाम्रै जस्तो थियो, उनीहरूले...बाँकी अंश →


नेपाली भूमिबाट भारतले आफ्ना सेना फिर्ता लैजानुपर्छ-परराष्ट्रमन्त्री

बुटवल-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमिमा रहेका भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्। नेपालले जारी गरेको नयाँ नक्शाअनुसार नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान उनले भारत सरकारलाई आग्रह गरेका हुन्। बुटवलमा प्रेस संगठन नेपाल रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतसँग यसबारे औपचारिक वार्ताको तयारी भैरहेको बताए। परराष्ट्रमन्त्री...बाँकी अंश →


लामो दुरीका सवारी चलेको पहिलो दिन: काठमाडौं भित्रने ४०७५, बाहिरिने ५३३३

काठमाडौं- सरकारले लामो दुरीका सवारी साधन सञ्चालन खुला गरेको पहिलो दिन बिहीबार काठमाडौं उपत्यकामा भित्रने संख्या ४ हजार ७५ जना छ भने बाहिरिनेको संख्या पाँच हजार ३ सय ३३ रहेको छ। यात्रुबाहक सार्वजनिक सवारी साधनबाट भित्रने/बाहिरिनेको संख्या भने न्यून छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट ९...बाँकी अंश →


कुर्था-जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुग्यो

जनकपुरधाम-कुर्था-जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ। जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल हाल भारतको बिहार स्थित हाजीपुर स्टेसनबाट जयनगर...बाँकी अंश →


सिन्धुपाल्चोक केन्द्रविन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ – सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको छ। बिहान पाँच बजेर १९ मिनेटमा उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन्। भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन। अन्य नजिकका जिल्लामा...बाँकी अंश →


लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५(२१ सितम्बर) गतेदेखि खुल्ने

काठमाडौँ – सरकारले लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गत चैत महिनादेखि कोरोना महामारीका कारण रोक लगाउँदै आएको लामो दूरी र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि भदौ २५...बाँकी अंश →


सिन्धुपाल्चोक पहिरो अपडेटः ११ जनाको शव भेटियो, २० जना अझै बेपत्ता

काठमाडौँ– सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्। जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना अझै बेपत्ता छन् भने ६ जनाको जिवितै उद्दार गरी...बाँकी अंश →


नेकपाले महाधिवशेन केन्द्रित काम अघि बढायो, नयाँले संगठित सदस्यता नपाउने

काठमाडौँ – स्थायी समितिले पारित गरेको प्रतिवेदनका आधारमा नेकपाले महाधिवेशन केन्द्रित काम अघि बढाएको छ। पार्टीको संगठन विभागले मंसिरभित्र संगठित सदस्यको नवकिरण सक्न प्रदेश र जिल्लालाई निर्देशन दिएको हो। विभागका प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार पार्टी कार्यालय धुम्बाराइमा बसेको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर...बाँकी अंश →


कोरोना अपडेटः संक्रमित ५३ हजार १२०, निधन ३३६, डिस्चार्ज ३७ हजार ५२४

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओखलढुंगाका १, झापाका १, मारेङका ५८, सुनसरीका १४, धनुषाका...बाँकी अंश →


काठमाडौँ उपत्यकामा भोलिदेखि सवारी साधन र पसल-व्यवसाय खुला, अरु के के भयो निर्णयहरु ?

काठमाडौँ- काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले  बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुने काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए। काठमाडौं...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter