काठमाडौँ, २४ वैशाख (रासस)ः छुवाछूत र भेदभावविरुद्ध कानून बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको एउटा अध्ययनले देखाएको छ । ऐनको कार्यान्वयन अवस्था पहिचान गर्न समता फाउन्डेशनले १० जिल्लालाई आधार बनाएर गरिएको अध्ययनमा ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको हो । जातीय भेवभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ जारी...बाँकी अंश →
काठमाडौँ, २४ वैशाख (रासस) ः सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै श्रमजीवी पत्रकारको तलब बैंक खाताबाट मात्र दिने व्यवस्था गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नं ३ ले नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा विजयीहरुलाई बधाई तथा शुभकामना दिन आज आयोजना गरेको कार्यक्रममा...बाँकी अंश →
काठमाडौँ, २४ वैशाख (रासस): महानगरीय प्रहरी परिसरले जागिर लगाई दिने भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन जनालाई पक्राउ गरेको छ । परिसरले नागार्जुन–४ मा चितवनकी लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोज्ने कास्कीकी सुमित्रा गौली, काठमाडौँकी राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराईलाई वैशाख २१ गते पक्राउ गरी आज...बाँकी अंश →
काठमाडौँ, २४ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज यहाँ उद्घाटन गर्नुभयो । तीनदिने उच्चस्तरीय बैठकमा यस क्षेत्रका नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । बैठकमा सबै बालबालिकालाई विद्यालय पढ्न...बाँकी अंश →
काठमाडौँ, २४ वैशाख (रासस) ः नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक सहयोगसमेत चीन सरकारले नै गर्नेछ...बाँकी अंश →
काठमाडौँ, २४ वैशाख (रासस) ः महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिलामाथि हुने हिंसा न्यूनीकरणका लािग स्थानीय तहले विशेष संयन्त्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिपति महिला उत्थान’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले स्थानीय तहका जनप्रतिनिधि सचेत...बाँकी अंश →
नेपालगंज बैसाख २४ , आमाको नामबाट नागरिकता पाउनु पर्न माग गर्दै थर्ड एलायन्सको कानुनी सहयोगमा उच्च अदालत नेपालगंज इजलास देखि सर्बोच्च अदालत सम्म पुगे पछि सर्बोच्चको आदेश पछि बर्दियाकि श्वेता श्रीवास्तव ले हिजो जिल्ला प्रशासन कार्यालय बर्दियाबाट आमाको नामबाट नागरिकता पाउन सफल भएकि हुन । थर्ड एलायन्सले नागरिकता पिडितहरुलाई निशुल्क कानुनि...बाँकी अंश →
काठमाडौँ, २३ वैशाख (रासस) ः अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै...बाँकी अंश →
चितवन, २३ वैशाख (रासस) ः सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ । पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको...बाँकी अंश →
गुलरिया, बर्दिया, २३ वैशाख (रासस) ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने...बाँकी अंश →
काठमाडौँ,२३ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले...बाँकी अंश →
शमशाद आदिल मुस्लिम समुदायको एउटा बच्चा पनि शिक्षा को पहुच बाट बाहिर नछुटने गरी ‛बिद्यालय तथा मदरसमा बच्चाको भर्ना हाम्रो समाजिक दायित्व २०७५’ अभियान चलाएको शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए । मदरसा शिक्षा व्यवस्थापन परिषद शिक्षा विभागले बैशाख २२गते इस्लामी संघ नेपालको केन्द्रीय सभाहालमा आयोजना गरेको अन्तरकिर्या...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: