०२ माघ २०८१

मुख्य खबर

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ, २ जेठ (रासस)ः पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र...बाँकी अंश →


सडक र ट्राफिक व्यवस्थापनका निर्णय कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २ जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा गृह सचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ, ललितपुर महानगरपालिका प्रमुख, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकमा...बाँकी अंश →


पार्टी एकता निर्णायक मोडमा

काठमाडौँ, २ जेठ (रासस) ः नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया निर्णायक बिन्दुमा पुगेको ठहर गरेको छ र चाँडै मिति घोषणाका लागि पार्टी एकता संयोजन समितिको बैठकलाई पर्खिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान केन्द्रका अध्यक्ष...बाँकी अंश →


सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, १ जेठ (रासस) ः सर्वोच्च अदालतले जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने चापाकोट नगरपालिका (स्याङ्जा) को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको एकल इजलासले सोमबार जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने सो नगरपालिका शिक्षा समितिको गत चैत १५ गते...बाँकी अंश →


यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार

काठमाडौँ, १ जेठ (रासस) ः सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । आज गृहमन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघसंस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था...बाँकी अंश →


प्राविधिक स्नातक तहको ‘माइक्रो सिलेबस’ तयार

भक्तपुर, १ जेठ (रासस) ः देशभरिका प्राविधिक शिक्षालयमा प्राविधिक तथा व्यावसायिक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सूक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत पाठ्यक्रम महाशाखाको समन्वयमा विभिन्न प्राविधिक विषयका ३०० विज्ञबाट प्राप्त सुझाव संकलन गरी पाठ्यक्रम तयार गरेको...बाँकी अंश →


लालबाबू राउतको अभिब्यक्ति मधेश राजनीति कोर्सको करेक्शन :तमरा परिषद

शमशाद आदिल केयर खबर, काठमांडौ भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दनको क्रममा प्रदेश न. दुई को मुख्य मन्त्री माननीय मोहम्मद लालुबाबु राउतको स्वागत भाषण विवादित र राष्ट्रिय राजनीतिमा व्यापक चर्चा परिचर्चाको बिषय बनिरहेको बेला तराई मधेश राष्ट्रीय परिषदले साधुवाद गर्दै मधेश मुद्दा लाई अंतरराष्ट्रीयकरण भएको ठहर गरेको छ ।...बाँकी अंश →


फोरम चाँडै सरकारमा सहभागी हुन्छ ः नेता श्रेष्ठ

पर्सा, १ जेठ (रासस) नेकपा (माओवादी केन्द्र) पार्टीका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने तर सरकारमा सहभागिताबारे राष्ट्रिय जनता...बाँकी अंश →


सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौँ, ३१ वैशाख (रासस) ः सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार...बाँकी अंश →


आज एकैपटक ४० आरोही सगरमाथाको शिखरमा

काठमाडौँ, ३१ वैशाख (रासस) ः आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी...बाँकी अंश →


भारतीय सांसदको ट्वीटप्रति काँग्रेसको आपत्ति

काठमाडौँ, ३१ वैशाख (रासस) ः नेपाली काँग्रेसले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको काँग्रेसको ठहर छ...बाँकी अंश →


सैद्धान्तिक छलफलमा क्षेत्रगत बजेट र योजना माग

काठमाडौँ, ३१ वैशाख (रासस)   ‘माननीय अर्थमन्त्रीज्यू, मेरो निर्वाचन क्षेत्रमा सडक र खानेपानीका लागि बजेट विनियोजन गर्नुहोला ।’ आगामी बजेटको सैद्धान्तिक छलफलका लागि केही वर्षदेखि संसदीय अभ्यासमा ल्याइएको पूर्वबजेटसम्बन्धी छलफलमा सांसद्ले आफ्नो प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रमा आवश्यक पर्ने बजेट र योजनाको माग गर्न छाड्नुभएन । केन्द्र, प्रदेश र स्थानीय गरी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter