काठमाडौँ, १२ जेठ (रासस) संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको छ । गैरआवासीय नेपालाी संघको प्रतिनिधिमण्डलसँग शुक्रबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले गैरआवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताउनुभयो । संघका...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस)ः राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । “बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ”, उहाँले रासससँग भन्नुभयो, “अहिले बुबाको स्वास्थ्य राम्रो छ ।” छोरी अधिकारीका...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ । नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा आज स्थानीय प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिशनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाउनुभयो ।...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) गोरखाको भिमसेन गाउँपालिका–७ का ३५ वर्षीय कुमार रानामगर वैदेशिक रोजगारीका लागि २०७२ फागुनमा संयुक्त अरब इमिरेट्स जानुभयो । त्यहाँ गएको एक वर्ष नबित्दै उहाँ दुर्घटनामा पर्नुभयो । दुर्घटनाको जिम्मेवारी कम्पनीले लिएपछि रानामगर रिहा हुनुभयो । कम्पनीले अब कुनै पनि सजाय नहुने भनेपछि उहाँले ढुक्क भएर डेड...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) सरकारले गैरसरकारी संस्थालाई नियन्त्रण नभई कडाइका साथ नियमन गर्नुपर्ने सहभागीले बताउनुभएको छ । आज असल शासन फाउण्डेशनले यहाँ ‘नेपालमा गैरसरकारी संस्थासम्बन्धी कानूनी संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले संस्थाले विकासका क्षेत्रमा काम गरेको उल्लेख गर्दै नियन्त्रणको सट्टा नियमन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर...बाँकी अंश →
तेह्रथुम, ११ जेठ (रासस) तेह्रथुमको आठराई गाउँपालिकाका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ । समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले सोसाइटीले आठराई गाउँपालिकाका सातवटै वडाका ६० जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको...बाँकी अंश →
काठमाडौँ, १० जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताउनुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै उहाँले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी...बाँकी अंश →
राजविराज, १० जेठ (रासस) ः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताउनुभएको छ । राजविाज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताउनुभयो । “यात्रु होस् नहोस्, सधैँ समयमा...बाँकी अंश →
काठमाडौँ, ९ जेठ (रासस) ः इन्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् । सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई आज कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद...बाँकी अंश →
लुम्बिनी, ९ जेठ (रासस) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताउनुभएको छ । निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन सकिदैन् ।” मन्त्री अधिकारीले आउँदो वर्ष...बाँकी अंश →
काठमाडौँ, ८ जेठ (रासस) ः निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ । कूल १६० कम्पनीको १० लाख ४७ हजार ८४३...बाँकी अंश →
वासिङ्टन, ८ जेठ (रासस÷एएफपी) ः अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर हालै अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेको छ । त्यसपछि भने अमेरिकाले ती पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताइएको हो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: