काठमाडौँ, १ असार (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिनुभएको छ । लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि र तालीम अभिमुखीकरणबाट आवश्यक ज्ञान सीप बढाउनेखालका कार्यक्रम बनाउन सुझाव दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो,...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आजदेखि यहाँ आयोजना गरेको ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन’ को उद्घाटन गर्दै उहाँले उपलब्ध प्राकृतिक स्रोत, साधनलाई वैज्ञानिक तवरले...बाँकी अंश →
चितवन, १ असार (रासस) ः इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि, तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकजनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको निर्वाचन प्रक्रिया शुरु भएको छ । चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैँटौँ महाधिवेशनको आज निर्वाचन प्रक्रिया शुरु भएको हो । निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले बिहान ७ बजेदेखि ८ः३० बजेसम्म उम्मेदवारी दर्ता र ११.३० बजेदेखि मतदान गर्ने...बाँकी अंश →
वासिङटन, ३१ जेठ (रासस÷एएफपी) ः अमेरिका र उत्तर कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ । अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार एएफपीलाई जानकारी दिएका छन् । कोरिया प्रायद्वीपमा रहेका मुख्य सैन्य अभ्यासहरु हामीले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका छौं, अमेरिकी...बाँकी अंश →
काठमाडौँ, ३१ जेठ (रासस) ः मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्षमा हरिहर अधिकारी (श्यामल)लाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षमा भने डा महेन्द्र विष्टलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले एशियाली विकास...बाँकी अंश →
काठमाडौँ, ३१ जेठ (रासस) ः नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा आजदेखि द्विपक्षीय छलफल शुरु भएको छ । हवाई यातायात थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन लामो समयदेखि प्रयास गर्दै आएका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इन्डिया...बाँकी अंश →
बागलुङ, ३१ जेठ (रासस) ः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गर्नुभएको छ । प्रगतिशील पत्रकार संघले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संघीयता देशलाई भारी भएको टिप्पणी गर्नुभयो । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, “जसोतसो केही वर्ष धानिएला,...बाँकी अंश →
काठमाडौँ, ३१ जेठ (रासस)ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नेता नेपालले आज जारी गरेको विज्ञप्तिमा गत...बाँकी अंश →
काठमाडौँ, ३१ जेठ ९रासस० ः महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँग एक...बाँकी अंश →
काठमाडौँ, ३० जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई÷मधेश दु्रतमार्गबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली आज जंगी खड्डा पुगेर जानकारी लिनुभएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको...बाँकी अंश →
बाह्रबिसे, सिन्धुपाल्चोक, ३० जेठ (रासस)ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइने बताउनुभयो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरेको प्राथमिक स्वास्थ्य केन्द्रको आज हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री यादवले भूकम्पले क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माण पनि छिट्टै सम्पन्न गर्ने बताउनुभयो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: